ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा ‘कन्भेयर बेल्ट’ सेवा शुरु


एबीसी न्यूज
२० भदौ २०७६, शुक्रबार   ८ : ४२   बजे

काठमाडौं, २० भदौ । तपाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ अवतरण गर्दै हुनुहुन्छ भने खुसीको खबर छ । अब, जहाजबाट ओर्लेपछि लगेजका लागि घण्टौँसम्म लाइनमा बसेर झञ्झट बेहोर्नुपर्ने छैन । विमानस्थल कार्यालयले नेपालमै पहिलो पटक आन्तरिक टर्मिनलमा ‘कन्भेयर बेल्ट’ सेवा शुरु गरेको हो ।

बेल्टको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थलको सेवा स्तरोन्नतिको नयाँ थालनी भएको र यसलाई क्रमशः विस्तार गर्दै लगिने बताउनुभयो ।

नजिकिएको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै विमानस्थलको सेवा सुदृढीकरणको कामलाई प्रथमिकताका साथ अघि बढाइने उहाँको भनाइ थियो ।

मन्त्री भट्टराईले पर्यटकीय पूर्वाधारको रूपमा रहेका विमानस्थलको भौतिक संरचना निर्माण र प्राविधिक सुविधा अभिवृद्धि गरिने उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय मापदण्डको यो सेवा विमानस्थलले आन्तरिकतर्फ पहिलो पटक लागू गरेको हो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार कन्भेयर बेल्टमार्फत एक घण्टामा एक हजार २०० ‘ब्यागेज’ ‘क्लियर’ हुन्छ र एक मिटरले ७५० केजी क्षमताको ब्यागेज समेट्छ । कन्भेयर बेल्ट ३९ मिटर लामो छ । यसले यात्रुलाई ब्यागेज लिन सहज छिटो हुनका साथै विमानस्थलको सरसफाइमा पनि सहयोग पुग्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ । विमानस्थलबाट १० हेलिकप्टरसहित २० वटा वायु सेवा प्रदायक कम्पनीले आन्तरिक उडान गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group