ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास र समृद्धिको मुख्य आधार पर्यटन– मुख्यमन्त्री राउत


एबीसी न्यूज
२१ भदौ २०७६, शनिबार   ६ : ३४   बजे

काठमाडौं,  २१ भदौ । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले कृषि, उद्योग र पर्यटन विकास समृद्धिको मुख्य आधार रहेको बताउनुभएको छ । बर्दिवासमा आज नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ प्रदेश २ को प्रथम महाधिवेशनको उद्घाटन गर्दै उहाँले नेपाली समाजको विविधतालाई अवसरका रुपमा उपयोग गरी समृद्धि र विकासको बाटो पहिल्याउनुपर्ने बताउनुभयो ।

प्राकृतिक, सांस्कृतिक र भौगोलिक रुपले नेपाल वैभवशाली भए पनि यिनको उपयोग ठिक ढङ्गले गर्न नसक्दा नेपालीको पछौटेपन हट्न नसकेको उहाँले बताउनुभयो । मुलुकमा तीनै तहका सरकार बनी सक्दा पनि आपसी समन्वय हुन नसक्दा कामको मेसो नै समात्न नसकिएको मुख्यमन्त्री राउतको भनाइ थियो । “हामीबीच राम्रो समन्वय हुन सकेको छैन”, उहाँले भन्नुभयो । प्रदेश सरकारले आठवटै जिल्लाका प्रमुख धार्मिक स्थललाई समेटेर धार्मिक पर्यटनको विकास गर्ने अवधारणा बनाइएको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले प्रदेश २ सँग संसारलाई देखाउन सक्ने सांस्कृतिक वैभव भएको र त्यसको उपयोगको खाका प्रदेश सरकारले कोरेको बताउनुभयो । प्रदेशसभा सदस्यहरु सुन्दर विश्वकर्मा, रामआशिष यादव र शारदादेवी थापाले नेपालको पर्यटन विकासमा होटल व्यवसायीको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । महासङ्घका प्रदेश २ संयोजक हिरालाल गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमका वक्ताहरुले नेपाल पर्यटन वर्ष, २०२० लाई लक्ष्य गरी सबै क्षेत्रले समन्वयात्मक रुपले काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group