ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोहरबाट ग्यास उत्पादन गरिने


एबीसी न्यूज
२३ भदौ २०७६, सोमबार   ६ : ०६   बजे

 

घोराही, २३ भदौ । घोराही उपमहानगरपालिकामा फोहरबाट खाना पाउने ग्यास निकालिने भएको छ । ग्यास उत्पादनका लागि कामसमेत भइरहेको छ । आगामी एक वर्षभित्रै फोहरबाट ग्यास निकालिने उपमहानगरपालिकाले जनाएको छ ।

वडा नं– १६ को ल्याण्डफिल साइटमा फोहरबाट ग्यास निकाल्न थालिएको हो । उपमहाननगरपालिका, वैकल्पिक ऊर्जा केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीबीच त्रिपक्षीय सहकार्यमा फोहरबाट ग्यास उत्पादन गर्ने कामअघि बढाइएको छ । त्रिपक्षीय सम्झौता गत मङ्सिर ५ गते गरिएको थियो । त्यही अनुसार अहिले काम भइरहेको छ ।

ग्यास उत्पादन गर्न करीब रु २० करोड लगानी लाग्ने बताइएको छ । उक्त ग्यास प्लान्ट दुई हजार घनमिटरको रहने छ । सोबाट ग्यास सिलिण्डरमा भरेर बजारमा पठाइने बताइएको छ । ग्यास उत्पादनका लागि अहिले भौतिक संरचना निमार्णको कार्यभइरहेको नेपाल ऊर्जा विकास कम्पनीका प्रबन्धक हरिशरण श्रेष्ठले बताउनुभयो । अवका छ महीनामा भौतिक निर्माणको काम सकिने उहाँको भनाइ छ ।

“काममा कुनै समस्या नआए एक वर्षभित्रमा ग्यास उत्पादन गर्ने गरी काम गरिरहेका छौँ”, प्रबन्धक श्रेष्ठले भन्नुभयो, “प्राविधिक समस्या भए मात्र केही ढिलाइ हुनसक्छ ।” गतवर्ष सम्झौता भए पनि विभिन्न कारणले केही ढिला भएको श्रेष्ठ बताउनुहुन्छ । काम गर्दा स्थानीयवासीले केही समस्या उत्पन्न गराएका थिए । आफनो स्वास्थ्यमा असर पुग्ने भनेर स्थानीयवासीले विरोध गरेपछि केही समय काममा ढिलाइ भएको हो ।

कम्पनीले स्थानीयवासीलाई पोखरामा निर्माण गरिएको ग्यास प्लान्ट देखाएपछि स्थानीयवासी ग्यास प्लान्ट निर्माणमा सहमत भएका श्रेष्ठले बताउनुभयो । अब भौतिक संरचना निर्माणको कामले गति लिने अपेक्षा कम्पनीले गरेको छ । ग्यास उत्पादन गर्न उपमहानगरले जग्गा उपलब्ध गराएको प्लान्टका प्रबन्धक श्रेष्ठले बताउनुभयो । उपमहानगरले ल्यानफिल साइटमा रहेको साढे दुई बिघा जग्गा उपलब्ध गराएको छ । कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता भएको उपमहानगरपालिकाका इञ्जिनीयर रामधन श्रेष्ठले जानकारी दिनुभयो । ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गर्ने कम्पनीको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group