ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“भइरहेको जनशक्ति व्यवस्थापन गर्दै, जनतालाई उच्चतम सेवा प्रवाह गर्न सक्नुपर्दछ–” मन्त्री पुन


एबीसी न्यूज
२४ भदौ २०७६, मंगलबार   २ : २३   बजे

काठमाडौं, २४ भदौ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशभित्रका अस्पतालमा कर्मचारी व्यवस्थापन गर्न समस्या परेको बताउनुभएको छ ।

अस्पताल व्यवस्थापन सुदृढीकरण कार्यक्रमअन्तर्गत न्यूनतम सेवा मापदण्ड फलोअप कार्यक्रमबारे जानकारी दिने उद्देश्यले दमौली अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले कर्मचारी समायोजनका कारण प्रदेशभित्र कर्मचारी व्यवस्थापन गर्न समस्या परेको जानकारी दिनुभयो ।

मन्त्री पुनले कर्मचारी समायोजनका क्रममा धेरै कर्मचारीले सङ्घ रोजेका कारण प्रदेशमा कर्मचारी अभाव भएको उल्लेख गर्दै जनशक्ति व्यवस्थापनका लागि स्वास्थ्यमन्त्रीसँग पटक–पटक छलफल गरेपनि समस्या समाधान हुन नसकेको बताउनुभयो ।“धेरै अस्पतालहरुमा कर्मचारी रिक्त छन्, कर्मचारीको व्यवस्थापनमा सरकारलाई समस्या परिरहेको छ,” उहाँले भन्नुभयो, “भइरहेको जनशक्ति व्यवस्थापन गर्दै जनतालाई उच्चतम सेवा प्रवाह गर्न सक्नुपर्दछ ।”

दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेलले कर्मचारी अभावकै बीचमा पनि आफूहरुले जनतालाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको बताउँदै अस्पतालमा सरकारीतर्फ २४ को दरबन्दी भएपनि हाल १८ जना र अस्पताल विकास समितिमार्फत् ३३ जना कर्मचारी कार्यरत रहेको जानकारी दिनुभयो । दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालमा केही सुधारका प्रयास भइरहेको बताउँदै अस्पतालको स्तरोन्नति आवश्यक रहेको छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group