ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई देशको सम्बन्ध राजनीतिक तहमा उच्च विन्दुमा– नरेन्द्र मोदी (भिडियोसहित)


एबीसी न्यूज
२५ भदौ २०७६, बुधबार   ५ : ३९   बजे

काठमाडौं, २५ भदौ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ७० किलोमिटर लामो अन्तरदेशिय
पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको छ । नेपाल र भारत दुवै देशका प्रधानमन्त्री भिडियो कन्फरेन्समार्फत् एकैसाथ स्विच थिचेर पाइप लाइनको औपचारिक रुपमा उद्घाटन गरेका छन । पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात भएपछि आपुर्तिको सुनिश्चितता, ढुवानीमा खर्च र समय ठुलो बचत हुनेछ ।

दक्षिण एसियाकै पहिलो अन्तर्देशीय मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको छ । अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले नया“ दिल्लीस्थित हैदराबाद भवनबाट मोदीले एकैसाथ पेट्रोलियम पाइपलाइन उद्घाटन गरेका हुन ।

करिब २० वर्ष पहिलेदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनले लामो सयमसम्म छलफलमै सिमित बनको थियो । तर २०७३ साल चैत्र ३० गते प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबाट संयुक्त रुपमा पाइपलाइन बिछउने कार्यको शिल्यान्यास भएपछि पाइप लाइन निर्माणको कामले तिब्रता लिएको थियो । निमार्ण सूरु भएको ३० महिनामा सम्पन्न गर्ने सहमति भएपनि निर्धारित समयभन्दा १५ महिना अघि नै परियोजना सम्पन्न भएको छ । अब, मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटरका दरल अमलेखगन्जस्थित डिपोमा इन्धन खसाल्न सकिने छ । पाइनलाइन उद्घाटनपछि प्रधाननन्त्री ओलीले भारतीय सहयोगबाट पेट्रोलियम पाइपलाइनका अतिरिक्त अन्य आयोजना अघि बढिरहेको भन्दै अन्य आयोजनाहरु समेत समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

यस्तै भारतीय प्रधानमन्त्री मोदीले पनि नयां दिल्लीबाट सम्बोधन गर्दै दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन समय अगावै सम्पन्न भएकोमा खुसी व्यक्त गरे । मोदीले पाइपलाइनबाट पेट्रोलियम पदार्थको आपूर्तिपछि मूल्य घटाउने नेपाल सरकारको योजना नेपाली जनताको हितमा रहेको बताए । उनले पछिल्लो डेढ वर्षमा ओली र आफूबीच ४ पटक भेट भएको भन्दै यसले दुई देशको सम्बन्ध राजनीतिक तहमा उच्च विन्दुमा पुगेको समेत जिकिर गरे ।

दुई देशबीचको गौरवको आयोजनाको रुपमा हेरिएको पाइपलाइनको नेपालतर्फको ३७ दशमलव ५ किलोमिटरको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएसंगै आपुर्तिको सुनिश्चितता, ढुवानी भाडाको बचत, समयको बचत हुने देखिन्छ । पाइपलाईनमार्फत सुरुमा डिजेलमात्र ल्याउने नेपाल आयल निगमले जनाएको छ । यो पाइपलाइन उद्घाटनसंगै परियोजना मात्र ओगट्ने तर काम नगर्ने भारतीय एबं अन्य ठेकेदारहरुलाई समयमा काम सक्नका लागि सन्देश समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group