ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बढी अपराध आइतबारका दिन


एबीसी न्यूज
२५ भदौ २०७६, बुधबार   ६ : ५४   बजे

काठमाडौं, २५ भदौ । गत वर्ष साउनमा भएको १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणले चर्चा सर्वत्र पाए पनि कञ्चनपुर सुरक्षाका दृष्टिकोणले शान्तिपूर्ण जिल्लाका रुपमा चिनिन्छ । निर्मला प्रकरणले कञ्चनपुर अपराध बढी हुने जिल्लाको रुपमा बढी प्रचारबाजी गरिए पनि र भारतसित खुला सीमा जोडिए पनि यहाँ ठूला आपराधिक घटना भने भएका छैनन् । निर्मला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०देखि विभिन्न टोली सक्रियरुपमा परिचालन भएका छन् ।

पछिल्लो समय बस्ती र टोल÷टोलमा प्रहरी साझेदारी कार्यक्रम लिएर जिल्लाभर खटिएको प्रहरी नागरिकसितको समन्वयमा आधारभूत सुरक्षा, लागुऔषध नियन्त्रणदेखि ट्राफिक नियमबारे सचेतना फैलाउन अग्रसर छ ।गत आर्थिक वर्षको अपराधको तथ्याङ्क हेर्दा जिल्लामा बढी अपराध ‘आइतबार’का दिन भएको देखिएको छ । गत आवभर आइतबार मात्रै १२२ आपराधिक घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बारकै आधारमा सोमबार १०४ अपराध यहाँ भएको देखिन्छ । त्यस्तै शुक्रबार ९२, बुधबार ८८, मङ्गलबार ८४, बिहीबार ७३ र शनिबार ५७ अपराध गत आवमा भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी समयलाई आधार मान्दा कञ्चनपुरमा दिउँसो १२ बजेदेखि बेलुकी ६ बजेको बीचमा बढी त्यस्ता घटना गत वर्ष भएका थिए । उक्त कार्यालयले अपराधमा १६ देखि २५ वर्ष उमेर समूहका मानिस बढी सम्लग्न भएको देखिएको जानकारी दियो ।गत वर्ष ६३४ मुद्दा दर्ता भएकामा सो समूहका व्यक्ति ३१४ अपराधमा संलग्न रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

“एकाध घटना चर्चामा आए पनि सुरक्षाका दृष्टिकोणले यो शान्त जिल्ला नै हो ।” उहाँले भन्नुभयो, “समाजको सुरक्षा र अपराध नियन्त्रणका लागि हाम्रो सक्रियाता दिनहूँ बढिरहेकै छ ।” प्रहरी नायब उपरीक्षक चन्दले प्रहरी साझेदारी कार्यक्रम जिल्लाभरि सञ्चालन भइरहेको जानकारी दिनुभयो ।“टोल र विद्यालयस्तरसम्म समिति गठन भएर बस्तीसम्म पुग्दैछौँ ।” उहाँले भन्नुभयो, “समाजको सुरक्षाका निम्ति सबैले प्रहरीसित समन्वय र सहकार्यका निम्ति तयार हुनुपर्छ ।” गत आर्थिक वर्षमा सबैभन्दा बढी आत्महत्याबाट युवायुवतीले ज्यान गुमाएका थिए ।

“यहाँ १४५ जनाले गत वर्ष आत्महत्या गरे ।” उहाँले भन्नुभयो, “आत्महत्या गर्ने १६ देखि २५ बर्ष उमेर समूहका युवायुवती बढी थिए ।” गत वर्ष जबर्जस्ती करणीका ३४ र जबर्जस्ती करणी उद्योगमा २२ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए ।तीमध्ये तीनबाहेक अरु मुद्दाका अभियुक्तलाई कारवाहीको दायरामा ल्याइएको थियो । त्यस्तै लागुऔषधका ४२, कर्तव्य ज्यानका छ र ज्यानमार्ने उद्योगका २२ मुद्दा प्रहरीमा दर्ता भएका थिए । भmण्डै पाँचलाख जनसङ्ख्या रहेको यस जिल्लामा प्रहरीले आफ्नो उपस्थिति पनि बढाउँदै लगेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group