ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासमा निजी क्षेत्रको सहभागिता आवश्यक– उपप्रधानमन्त्री यादव


एबीसी न्यूज
२५ भदौ २०७६, बुधबार   ८ : १३   बजे

काठमाडौं, २५ भदौ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले निजी क्षेत्रको सहभागिताबिना मुलुकको समृद्धि सम्भव नहुने बताउनुभएको छ । सरकारी–निजी साझेदारी अवधारणाबाट मात्रै विकास र समृद्धि प्राप्त हुने उहाँको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घ पश्चिम नवलपरासीले आज परासीमा गरेको स्वागत कार्यक्रममा उपप्रधानमन्त्री यादवले भन्नुभयो,“सरकारले त आर्थिक विकासको बाटो खोल्दिने हो, निजी क्षेत्रसँगको साझेदारीबिना सरकार एक्लैले समृद्धि ल्याउन सक्दैन्, निजी–सरकारी साझेदारीबाटै मुलुकको विकास गर्नुपर्छ ।”

मन्त्री यादवले स्वदेशी व्यवसायी उत्साहित नभई विदेशी लगानी पनि नभित्रिने भएकाले लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । “उद्योग व्यापार वृद्धि नभई रोजगारी बढ्दैन, राज्यको आय पनि बढ्दैन, गरीबी पनि घट्दैन्, लगानीको वातावरण र करको दायरा फराकिलो बनाउन हामी छलफल गर्छौँ” उहाँले भन्नुभयो ।

अर्को प्रसङ्गमा उपप्रधानमन्त्री यादवले नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने नीतिमा आफूहरुको असहमति रहेको बताउनुभयो । मन्त्री यादवले सीमा क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने बताउँदै भारतीय सवारी साधनमा कडाइ गरिएको विषयमा पुनःविचार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

मन्त्री यादवले सुनवलमा अस्पताल बन्ने निश्चित भइसकेको र बजेट पनि पठाएको उल्लेख गर्दै राजमार्ग क्षेत्रमा ट्रमा सेन्टर स्थापनाका लागि सोच्न सकिने बताउनुभएको थियो ।

सो अवसरमा नवलपरासी उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले परासीमा रहेको पृथ्वीचन्द्र अस्पताललाई सुविधा सम्पन्न बनाउनुपर्ने, सुनवल नगरपालिका–८ मा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्याको अस्पताल बनाउँदा सबै नगरवासीलाई अपायक हुने हुँदा उपयुक्त स्थान वडा नं ५ वनकट्टीमा उक्त अस्पताल बनाउनुपर्ने वा ट्रमा सेन्टरको लागि स्वीकृति दिनुपर्ने, नवलपरासीमा सुविधा सम्पन्न शिक्षण अस्पतालको लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

उहाँले महेशपुर भन्सारमा पूर्वाधार अभावको समस्या रहेको जानकारी गराउँदै आवश्यक पहलका लागि पनि ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारमा ढिलाइ, सकुशल भेटिने आश क्षीण

ज्येष्ठ नागरिक जिल्ला संघ बागलुङको स्थापना दिवसमा फलफूल वितरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu