ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र युएइबीच मैत्री सम्बन्धलाई थप प्रगाढ बनाइने– उपप्रधानमन्त्री पोखरेल


एबीसी न्यूज
२६ भदौ २०७६, बिहिबार   ८ : ३२   बजे

काठमाडौँ, २६ भदौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज नेपालका लागि संयुक्त अरब इमिरेट्स युएई का राजदूत सइद हमदान अल नक्बीले शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका अवसरमा दुई देशबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई थप विस्तार गरी द्विपक्षीय हितलाई प्रवद्र्धन गर्ने विभिन्न विषयमा छलफल भएको रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले जानकारी दिनुभयो । सो अवसरमा रक्षामन्त्री पोखरेलले नेपाल र युएइबीच विगत ४० वर्षदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउँदै जानुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले केही समयअघि नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको युएइको भ्रमणको स्मरण गर्दै यसबाट द्विपक्षीय सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न सहयोग पुगेको बताउनुभयो ।

उहाँले राजनीतिक स्थायित्व भएको वर्तमान अवस्थामा नेपालले कृषि, जलविद्युत्, उद्योग, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा वैदेशिक लगानीको ढोका खोलेको हुँदा युएइका लगानीकर्तालाई नेपालमा ती क्षेत्रमा लगानी विस्तार गरी द्विपक्षीय आर्थिक सम्बन्धलाई थप मजबुत मनाउन आग्रह गर्नुभयो । उहाँले दुई देशका सैनिकबीच संयुक्त अभ्यास, तालीमजस्ता कार्यक्रमका माध्यमबाट परस्परमा सहयोग आदानप्रदान गर्न सकिने धारणा राख्नुभयो ।

राजदूत नक्बीले आफ्नो कार्यकालमा नेपाल र आफ्नो देशबीच कूटनीतिक र आर्थिक सम्बन्धलाई अझ सुदृढ गरी द्विपक्षीय सम्बन्धलाई थप फलदायी बनाउन सक्दो पहल गर्ने बताउनुभयो । उहाँले नेपाल र युएइबीच जनस्तरसम्म विस्तार भएको सम्बन्ध दुवै देशका लागि महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७८८ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

गोलाघाट क्षेत्रमा सेनाको खोज तथा उद्धार जारी, ७० शव फेला

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu