ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाटनका ११ टोलवासीले इन्द्रजात्रा मनाउँदै


एबीसी न्यूज
२७ भदौ २०७६, शुक्रबार   ३ : ३२   बजे

काठमाडौं, २७ भदौ । वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी आज साँझ पाटन सुन्धारा निवासी ११ टोलका टोलवासीले इन्द्रजात्रा पर्व मनाउँदैछन् । हरेक वर्ष भदौ शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व पाटनको सुन्धारा, काठमाडाँै, भक्तपुरलगायत देशका केही स्थानमा मनाउने गरिन्छ ।

बिहीबार भाद्र शुक्ल द्वादशीका दिन पाटनको च्यासलमा लगनखेलका १९ टोलवासीले पाँच फिट अग्लो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्व शुरुआत गरिसकिएको भीमसेनबहाल निवासी ७१ वर्षीय सूर्यमान डङ्गोलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठको खाटमा काठकै इन्द्रको मूर्ति बनाई च्यासलमा गुभाजु र पुरोहितबाट घण्टी बजाई समयबजी चढाएर पर्व मनाइसकेका छन् ।”

सुन्धारामा पनि इन्द्रजात्रा पर्व यसैगरी मनाउने गरिन्छ । पाटनमा सो पर्व चार दिनसम्म मनाइने भएकाले शनिबार भाद्र शुक्ल पूर्णिमाको दिन पाटनको मङ्गलबजार, टङ्गाल र आइतबार साँझ गाबहालका टोलवासीले इन्द्रजात्रा पर्व मनाउने गर्छन् । इन्द्रका आमाले अष्टमीको व्रत गर्न पारिजातको फूल ल्याउन उहाँलाई आग्रह गरेपछि इन्द्रले पारिजातको फूल देवलोक र पाताललोकमा नपाएर पृथ्वीलोक लिन आएका थिए भन्ने किंवदन्ती छ ।

पारिजातको फूल खोज्ने क्रममा राजा इन्द्रले एउटा मालीको बगैँचामा सो फूल देखेर टिप्न खोज्दा मालीले चोर भनी समातेर बेइज्जत गरेको भनाइ पनि जनजिब्रोमा छ । छोरा घर नआएपछि इन्द्रकी आमा खोज्दै जाने क्रममा पृथ्वी आइपुगिन् । त्यसबेला रात परिसकेको भएतापनि उनको तेज र शक्तिको प्रभावले पृथ्वी उज्यालो भयो ।

मालीले सबै कुरा थाहा पाएर आमाछोरालाई समयबजी खुवाएर आरधना गरी माफ मागेको जनश्रुति रहेको छ । त्यसैले पाटनवासीले इन्द्रजात्रा पर्वमा विशेषगरी छोरीचेली बोलाएर समयबजी खुवाउने गरेका छन् । पाटनमा मनाइने यो पर्व काठमाडाँै र भक्तपुरमा मनाइनेभन्दा केही फरक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७८८ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

गोलाघाट क्षेत्रमा सेनाको खोज तथा उद्धार जारी, ७० शव फेला

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu