ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सङ्घीयता सफल हुन सहकार्य आवश्यक’– मन्त्री जम्मकट्टेल


एबीसी न्यूज
३१ भदौ २०७६, मंगलबार   २ : २२   बजे

काठमाडौं, ३१ भदौ । प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले स्थानीय केन्द्र, प्रदेश र स्थानीय सरकारबीच सहकार्य भए मात्र सङ्घीयता सफल हुने बताउनुभएको छ ।

स्थानीय तहका लागि प्रदेश सरकारले नियुक्त गरेको कानूनी सहजकर्तालाई आज यहाँ सम्बोधन गर्दै सहजकर्ताले प्रदेश सरकारको प्रतिनिधिको रुपमा स्थानीय तहसँग समन्वय गरेर कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

प्रदेशका विभिन्न ७ जिल्लाका ५७ कानूनी सहजकर्ता, स्थानीय तहका ५७ उपप्रमुख र सात जिल्लाका जिल्ला समन्वय समितिका उपप्रमुखको सहभागिता रहेको कानूनी सहजकर्ता अभिमुखीकरण तालीम कार्यक्रममा मन्त्री जम्मट्टेलले अधिकांश स्थानीय तहले प्रदेश सरकारले पठाएको इमेलको जवाफ नपठाएको बताउँदै त्यसो नगर्न अनुरोध गर्नुभयो । उहाँले एउटा सरकारले अर्को सरकारलाई बेवास्ता गर्दा वर्तमान राज्य व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुने बताउनुभयो ।

प्रदेश सरकारले जारी गरेको संस्था दर्ता ऐनको कार्यान्वयन तथा अन्य ऐनको पालना गराउन स्थानीय तहले भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले सहजकर्ता गाउँपालिकालाई कार्यसम्पादनमा सहयोग पुगोस भन्नका लागि प्रदेश सरकारका तर्फबाट पठाइएकोले उनीहरुको सदुपयोग गरेर फाइदा लिन स्थानीय तहलाई अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै प्रदेशका मुख्यन्यायाधिवक्त ओम थपलियाले स्थानीय तहको न्यायिक समितिले गरेका निर्णयका कारण समाजममा सौहाद्रता छाएको बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७८८ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

गोलाघाट क्षेत्रमा सेनाको खोज तथा उद्धार जारी, ७० शव फेला

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu