ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँपालिका कार्यालय तोडफोडको आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ


एबीसी न्यूज
३१ भदौ २०७६, मंगलबार   २ : ५२   बजे

काठमाडौं, ३१ भदौ । गाउँपालिका कार्यालय तोडफोडको आरोपमा कास्कीको माछापुच्छ«े गाउँपालिका–१ का वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य र तरुण दलका विपुल भनिने टीकाराम पौडेल छन् । पक्राउ परेका वडाध्यक्ष र सदस्य नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित थिए । कार्यालय तोडफोडमा संलग्न रहेको किटानी जाहेरीसहित गाउँपालिकाले उजुरी दर्ता गराएकाले उनीहरुलाई आज बिहान पोखरा महानगरपालिका–५ जिरोकिलोमिटरबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगिएको बगरस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक थापाले बताउनुभयो ।

गाउँपालिकाको कार्यालय तोडफोडको आरोपमा उनीहसहित अन्य ४५ विरुद्ध प्रहरीमा उजुरी दर्ता गराइएको गाउँपालिका कार्यवाहक प्रमुख कृष्णकुमारी दवाडीले बताउनुभयो । कानूनी प्रक्रियाअनुसार गाउँपालिकाको बारेमा सूचना माग गर्दा सूचना नदिएको भन्दै काङ्ग्रेस कार्यकर्ताले गत भदौ २५ गते गाउँपालिकाको बैठक कक्षका केही फर्निचर तोडफोड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group