ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कागजमा मात्र धनुषा जिल्ला खुल्ला दिशामुक्त घोषणा


एबीसी न्यूज
१ आश्विन २०७६, बुधबार   १ : ३८   बजे

 


काठमाडौं १ असोज । नेपालमा सरसफाई तथा स्वच्छ वातावरण बनाउने उद्देश्यले धमाधम पालिकाहरु खुल्ला दिशामुक्त घोषणा भइरहँदा सोमबार बडो तामझामका साथ एक कार्यक्रमकाबिच धनुषा जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।

आइतबार प्रदेश २ को राजधानीसमेत रहेको धनुषा जिल्लालाई सरोकारबाला निकायहरुले धनुषालाई खुल्ला दिशामुक्त घोषणा गरेको छ । तर, आवश्यक प्रकृया नै पुरा नगरी खुल्ला दिशामुक्त घोषणा गर्दा कागजमै सिमित रह्ने प्रष्ट झल्किन्छ । जिल्लाको एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका गरी १८ वटै स्थानीय तहमा गुरुयोजना अन्तरगत खुल्ला दिसामुक्त घोषणा गरिएको हो । तर, जिल्लामा १ लख ४० हजार घरधुरिहरु मध्ये करिब ४० प्रतिशत घरका मानिसहरु अझै शौचालयको पहुँचबाट टाढा रहेका छन् ।
त्यस्तै धनुषा जिल्लाका सदरमुकाम जनकपुर उपमहानगपालिका १६ बस्ने एक दलित समुदायका महिलाले खुल्ला दिशामुक्त अभियान चलिरहँदा नै आफुहरुलाइ शौचालय बनाउन भनिएको थियो तर जग्गा अभावमा आफुहरुले नबनाएको स्विकार्दा खुल्ला दिशामुक्त कार्यक्रम कागजमै सिमित रहेको प्रष्ट हुन्छ् ।

त्यस्तै जनकपुर उपमहानगरपालिका ४ बस्ने गौतम ढुङेलले खुल्ला दिशामुक्त कार्यक्रम बजेट सकाउने खेल मात्र रहेको बताउँछन् । ढुङेलले यस्ता कार्यक्रम गरि जन्तालाइ झुक्याउने कार्य मात्र भइरहेको आरोप समेत लगाए । उनले कुनै अवलोकन नै नगरि यस्ता कर्यक्रमको कुनै औचित्य नरहेको आरोप समेत लगाए । त्यस्तै खानेपानी स्वच्छता समन्वय समिती धनुषाका सदस्य सचिब चन्देश्वर प्रसाद साहले धनुषा जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुँदा नेपाल सरकारले लिएको दिगो बिकासको लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताए । साथै दक्षिण एसियाकै पहिलो मुलुकको रुपमा ओडिएफ घोषणा हुँदा यसले ९पूर्ण सरसफाई० पोष्ट ओडिएफको दिशामा अघि बढ्ने बताए ।

धनुषामा एक आध बाहेक सम्पुर्ण घरमा शौचालय बनिसकेर प्रयोग गरिरहेको जिल्ला खानेपानी समन्वयन समितिको तथ्याङकले देखाउँछ तर अबस्था भने ठिक त्यसको विपरीत देखिन्छ । जिल्ला खानेपानी समन्वय समितिले बाँकी जग्गा अभाव, चरम गरिबी जस्ता समस्याबाट ग्रसित समूदाय तथा परिवारका लागि पोष्ट ओडिएफमा उनीहरुलाई समेत सार्वजनिक शौचालयको माध्यमबाट शौचालयसम्म पहुँच पु¥याईने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group