ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान दिवसका अवसरमा निजी मेडिकल कलेजमा बहिरङ्ग सेवा निःशुल्क


एबीसी न्यूज
२ आश्विन २०७६, बिहिबार   १ : १३   बजे

काठमाडौँ, २ असोज । संविधान दिवसका अवसरमा यहाँका निजी मेडिकल कलेजले पनि आज बहिरङ्ग सेवा निःशुल्क गरेका छन् । सरकारले सबै सरकारी अस्पतालमा आज एक दिनका लागि बहिरङ्ग सेवा निःशुल्क गर्ने घोषणा गरेको थियो । जिल्लामा रहेका चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले पनि बहिरङ्ग सेवा निःशुल्क गरेका हुन् । चितवन मेडिकल कलेजका व्यवस्थापक पारस अधिकारीले बहिरङ्गका विशेष र सामान्य दुवै सेवा निःशुल्क गरिएको बताउनुभयो । सामान्यमा रु २५ र विशेषमा रु ४०० लिने गरिन्थ्यो ।

उक्त मेडिकल कलेजमा दैनिक एक हजार ५०० हाराहारीमा बिरामी आउने गरेको उहाँले जानकारी दिनुभयो । यसैगरी कलेज अफ मेडिकल साइन्सेसले पनि बहिरङ्ग सेवा निःशुल्क गरेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत शुभप्रभात श्रेष्ठका अनुसार सामान्य र विशेष दुवै सेवा निःशुल्क गरिएको हो । दैनिक एक हजार हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने उहाँले जानकारी दिनुभयो ।

यता जिल्लाका सरकारी अस्पताल सबैमा बहिरङ्ग सेवा निःशुल्क गरिएको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार दैनिक एक हजार ९०० सम्म बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् । आज झरीको दिन भएकाले केही कम बिरामी हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

यस्तै यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि बहिरङ्ग सेवा निःशुल्क गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार दैनिक ७०० हाराहारी बिरामी उक्त अस्पतालमा आउने गर्दछन् । संविधान दिवसलाई विशेषरुपमा मनाउन आजदेखि तीन दिनसम्म जिल्लामा विभिन्न कार्यक्रम गरी मनाईदैछ ।
कलेजलाई एक करोड सहयोग
यहाँको मैयादेवी कन्या कलेजलाई अमेरिका निवासी प्रा डा कृष्णलालभाइ प्रधानले रु एक करोड एक हजार १११ सहयोग गर्नुभएको छ । नेपालमा आएको समयमा उहाँले कलेजका संरक्षक मैयादेवी श्रेष्ठलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा सह–संरक्षक प्रेमकुमार श्रेष्ठ, सञ्चालक समिति अध्यक्ष टङ्कनाथ पौडेल र प्राचार्य भङ्कबहादुर गुरुङ पनि सहभागी हुनुहुन्थ्यो ।

कलेजका अध्यक्ष पौडेलका अनुसार दाता प्रधान नाताले संरक्षक श्रेष्ठका भाइ हुनुहुन्छ । श्रेष्ठकै निवासमा पुगेर प्रधानले सो चेक हस्तान्तरण गर्नुभएको उहाँले जानकारी दिनुभयो । सङ्कलित रकमलाई गरीब र जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति दिन अक्षयकोष खडा गरिने र सो कोषमा रकम थप गर्दै लगिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । समाजसेवी श्रेष्ठले स्थापना गरिदिनु भएको सो कलेजमा हाल एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group