ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँके घटना :घटनाको छानवीन नगरी कार्वाही प्रक्रिया अघि बढाउन नसकिने– प्रविधिमन्त्री बास्कोटा


एबीसी न्यूज
२ आश्विन २०७६, बिहिबार   ६ : २७   बजे

काठमाडौँ, २ असोज । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बाँके घटनाको छानवीन नगरी कार्वाही प्रक्रिया अघि बढाउन नसकिने बताउनु भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्काल सो घटनामा संलग्नहरुमाथि कार्वाही गर्न माग गरिरहेका बेला मन्त्री बास्कोटाले छानवीन गरेर मात्रै सो घटनामा संलग्नमाथि कार्वाही प्रक्रिया अघि बढाउने प्रष्टयाउनु भएको हो । बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनले संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले छानवीननै नगरी, दोषी नठहराई, घटनामा कसको संलग्नता छ ? भन्ने पुष्टि नभई आरोपितमाथि कार्वाही गर्न नमिल्ने पनि स्पष्ट पार्नु भयो । ‘हाम्रा निकायले छानवीन गर्छ, अनुसन्धान गर्छ,’ मन्त्री बास्कोटाको भनाई थियो, ‘दोषी ठहर भएपछि कानुन बमोजिम कार्वाही हुन्छ ।’ हाँत भाँचिएको हो भने पनि कानुन बमोजिम कार्वाही गर्न कसले भाँचेको हो ? भनेर अनुसन्धान गर्नुपर्ने मन्त्री बास्कोटाको भनाई छ ।

मन्त्री बास्कोटाले अरुले आरोपित गरेको आधारमा कसैमाथि पनि कार्वाही गर्न नमिल्ने पनि पटकपटक दोहो¥याउनु भयो । प्रमुख प्रतिपक्ष दल काँग्रेसले पार्टीका बाँके सभापति किरण कोइरालासहितका नेता, कार्यकर्तामाथि नेकपाका कार्यकर्ताले हमला गरी घाईते बनाएको भन्दै तत्काल कार्वाही गर्न माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group