ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिंसा न्यूनीकरण गर्न शिक्षा र सीप आवश्यक– प्रदेशप्रमुख कोइराला


एबीसी न्यूज
६ आश्विन २०७६, सोमबार   ६ : ०२   बजे

काठमाडौं, ६ असोज । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले घरेलु हिंसा न्यूनीकरणका लागि महिला तथा बालबालिकलाई शिक्षा र सीपको आवश्यकता रहेको बताउनुभएको छ । बनेपा ब्वाइज क्लबद्वारा आयोजित ११ दिने बनेपा महोत्सव आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “विशेषगरी बालबालिकालाई शिक्षा र महिलालाई आयमूलक सीप सिकाउनुपर्छ, यसबाट ब्यस्तताका कारण पनि घरेलु हिंसा न्यूनीकरण हुँदै जान्छ ।” उहाँले सीप सिकेका महिला मानसिकरुपमा बलियो हुनेहुँदा हिंसा न्यूनीकरणमा ठूलो मद्दत पुग्ने बताउनुभयो ।

अठइस वर्षअघि महिलामाथि हुने हिंसा रोक्न माइती नेपाल संस्था स्थापना गरिएको जानकारी दिँदै उहाँले अहिलेको परिस्थितिमा महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्नु महत्वपूर्ण भएकाले यस प्रदेशका विद्यालयमा बालबालिकाको मानसिक एवं शारीरिक स्वास्थ्यका लागि नर्सको व्यवस्था गर्ने प्रक्रिया अघि बढाइएको छ भन्नुभयो ।

होटलमा काम गर्ने १३ देखि १६ वर्षसम्मका मजदूर यौन शोषणमा पर्नसक्ने भएकाले तुरुन्तै अनुगमन गर्न जिल्लाका प्रशासन प्रमुख र सुरक्षा प्रमुखलाई प्रदेश प्रमुख कोइरालाले निर्देशनसमेत दिनुभयो । महोत्सव संयोजक हरि कर्माचार्यले ११ दिनसम्म चल्ने सो महोत्सवमा विभिन्न परिकारका खाद्यान्नसहित घरेलु सामग्रीका १३५ कक्ष राखिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu