ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई मानव अधिकार आयोग सुझाव : सरकारी वकिलको भूमिकालाई प्रभावकारी बनाऊ


एबीसी न्यूज
६ आश्विन २०७६, सोमबार   ८ : २०   बजे

 

काठमाडौं, ६ असोज । राष्ट्रिय मानव अधिकार आयोगले पीडितलाई न्याय दिन सरकारी वकीलको भूमिकालाई प्रभावकारी बनाउन सरकारलाई सचेत गराएको छ ।

सरकारी वकीलकै कारण पीडितले न्याय नपाएको गुनासो आईरहेका बेला राष्ट्रिय मानव अधिकार आयोगले सोमबार काठमाडौंमा सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो । प्रतिवेदन सार्वजनिक गर्दै आयोगकी प्रवक्ता मोहना अन्सारीले पीडितलाई न्याय दिन मानव अधिकारको दृष्टिकोणले अनुसन्धानको सम्पूर्ण प्रक्रियामा आर्थिक बोझ पर्न नदिन पनि सरकारलाई सुझाव दिइएको बताउनु भयो ।

आयोगले आर्थिक अभावका कारण पनि पीडितले न्याय पाउन नसकेको निष्कर्ष निकालेपछि सरकारलाई न्याय पाउने नागरिकको हकलाई सुनिश्चित गर्न आर्थिक अभावमा रहेका नागरिकलाई निःशुल्क न्याय पाउने प्रबन्ध गर्न पनि भनेको हो । आयोगकी प्रवक्ता अन्सारीले न्याय पाउने नागरिकको हकलाई सुनिश्चित गर्न वैज्ञानिक तरिकाले अनुसन्धानमा संलग्न हुन प्रहरीलाई पनि सचेत गराइएको बताउनु भयो । आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकार पुनर्वहालीका लागि प्रहरीको भूमिका अत्यन्तै महत्वपूर्ण हुने स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group