ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यूरोडमा राँगो आतंक, नियन्त्रण गर्न प्रहरीले चलायो गोली


एबीसी न्यूज
७ आश्विन २०७६, मंगलबार   १ : ४७   बजे

काठमाडौं, ७ असोज । अचानक काठमाडौंको मुख्य बजार न्युरोडमा एकाबिहानै राँगोले आतंक मच्चाएपछि नियन्त्रणमा लिन नसकेको प्रहरीले गोली चलाएको छ । चाडपर्वको मुखमा अति नै ब्यस्त रहने वजार न्युरोडमा अचानक राँगो आएर आतंक मच्चाएको थियो । तिन जनालाई घाइते बनाएर एउटा ट्याक्सीमा समेत क्षती पुर्याएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पनि जिवितै नियन्त्रणमा लिने प्रयास गरेको भएपनि सफल हुन नसकेपछि गोली चलाउनुपरेको जनाएको छ ।

महानगरीय प्रहरी जनसेवा वृत्तका प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले निकै उन्मत्त देखिएको राँगोलाई नियन्त्रणमा लिने प्रयास असफल भएपछि गोली हानेर मारिएको बताए । सोराँगो राति नै न्युरोड आसपासमा आएको स्थानियले थाहा पाएका थिए । तर जब उज्यालो हुँदै गयो सबैलाई जथाभावी हान्न थालेपछि आत्तिएकाहरुले प्रहरी बोलाएका हुन् । प्रहरी र स्थानियले सो राँगो अचानक न्युरोडमा कहाँवाट आयो भन्ने थाहा पाएका छैनन् । प्रहरीले कालिमाटीतिरबाट निस्किएको अनुमान गरेको छ । भारत वा तराईवाट गाडीमा हालेर ल्याएको राँगो काठमाडौं आएपछि गाडीवाट झार्ने क्रममा भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

काठमाडौंको लगन हुँदै न्युरोडतिर बढेको राँगोले एकाबिहानै सडकमा मानिसहरूलाई हान्न थालेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए। गोली हानेर मारिएको राँगो प्रहरीले काठमाडौं महानगरपालिकालाई बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu