ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि बाली बीमाको व्यवस्था गरिएको छ– मुख्यमन्त्री पौडेल


एबीसी न्यूज
८ आश्विन २०७६, बुधबार   ३ : ४७   बजे

काठमाडौं, ८ असोज । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषि उत्पादनमा वृद्धि नभएसम्म मुलुकको आर्थिक विकास सम्भव नभएको बताउनु भएको छ । पूर्वी चितवनको रत्ननगरमा चितवन केरा उत्पादक संघको पाँचौँ साधारणसभामा उहाँले प्रदेश सरकार कृषि उत्पादन बढाउन लागिपरेको बताउनुभयो ।

प्रदेश सरकारले किसानलाई प्रोत्साहन गर्ने खालका योजना अगाडि बढाएको भन्दै उहाँले किसानका समस्या धेरै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानको समस्या धेरै छन् कहिले प्रकृतिको कारणबाट कहिले बीउबिजनको कारणले क्षति हुने गरेको छ । त्यसको समाधानको लागि पनि सरकारले बाली बीमाको व्यवस्था गरेको छ ।”

व्यावसायिक कृषि गर्नेलाई प्रदेश सरकारले प्रोत्साहन गर्दै आएको बताउँदै उहाँले अब निर्वाहमुखी कृषिकोभरमा बस्न नहुने सुझाव दिनुभयो । प्रदेश सरकार बनेको छोटो समय भएको भन्दै उहाँले देखिने गरी काम गरिसक्न नपाएको बताउनुभयो । सयौं वर्षको इतिहास बोकेको सङ्घीय सरकारका अगाडि दुई वर्षको प्रदेशलाई तुलना गर्न नमिल्ने उहाँको भनाइ थियो । किसानलाई सरकारको आलोचना भन्दा सहकार्य गरेर लाभ लिन पौडेलले सुझाव दिनुभयो ।
सो अवसरमा केराखेतीको विकास र प्रवद्र्धनमा विशेष योगदान पु¥याएकोमा नेपाल टेलिभिजनका चितवन सम्बाददाता ईश्वर जोशी, उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष कल्याण जोशीलगायतका व्यक्तिहरुलाई मुख्यमन्त्री पौडेलले दोसल्ला र कदरपत्रले सम्मान गर्नु भएको थियो ।

चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले चितवनमा करीब–७ सय किसानले तीन हजार बिगाहामा केराखेती गर्दै आएको र वार्षिक रु एक अर्ब ५० करोडको केरा उत्पादन हुने गरेको जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल, कृष्ण खनाल, उद्योग वाणिज्य महासङ्घका सदस्य कल्याण जोशी, सङ्घका पूर्व अध्यक्षद्वय लक्ष्मण सुवेदी र कृष्णहरि पन्त लगायतले बोल्नुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu