ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नै श्रीमतीको हत्या गरी फरार दुईसहित पाँच पक्राउ


एबीसी न्यूज
९ आश्विन २०७६, बिहिबार   ७ : १४   बजे

काठमाडौं, ९ असोज । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका दुई जनासहित विभिन्न मुद्दामा फरार रहेका पाँच जनालाई आज एकै दिन सिरहा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । कर्तव्य ज्यान मुद्दामा फरार दुई र डाका मुद्दामा फरार तीन गरी पाँच जनालाई पक्राउ गरी प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार रहेको आरोपमा प्रहरीले सिरहाको सुखिपुर नगरपालिका–७ घर भई हाल गोलबजार नगरपालिका–६ मा डेरा गरी बस्ने २३ वर्षीय मन्जु रायको श्रीमान् राजेश पासवान भन्ने मो।इलियास मियाँलाई पक्राउ गरिएको हो । इलाका प्रहरी गोलबजारबाट खटिएको टोलीले मियाँलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताउनुभयो ।

त्यस्तै आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार रहेका सिरहाको कल्याणपुर नगरपालिका–४ घर भई हाल कर्जन्हा नगरपालिका–२ मा बस्ने थारु भन्ने अक्षयकुमार यादवलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

विसं २०७० कात्तिक ९ गते कर्जन्हा नगरपालिका–४ भेडवा खोलामा २५ वर्षीया गीतादेवी यादवलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार रहेका अक्षयलाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
त्यस्तै सिरहाको मिर्चैया नगरपालिका–६ स्थित अनिल साहको लोटस कलरल्याब तथा मोबाइल पसलको ढोका फुटाएर नगद रु एक लाख २२ हजार, ल्यापटप एक थान, क्यामरा एक थान, भिभो कम्पनीको छ थान मोबाइललगायत सामान लुटपाट गरी फरार रहेका सप्तरीको सुरुङ्गा नगरपालिका–२ घर भई हाल सिरहाको मिर्चैया नगरपालिका–५ निवासी २१ वर्षीय कैलाश मगर, सुखीपुर नगरपालिका–१ निवासी २२ वर्षीय अरविन्द चौधरी र मिर्चैया नगरपालिका–५ निवासी २० वर्षीय फेन्टा भन्ने धिरज यादवलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ परेका तीनै जनामाथि डाँका मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद थपका लागि पेश गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group