ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंक कालोसूचीका ऋणी चण्डीराज ढकाललाई बैंकिङ कसूरको मुद्दा


एबीसी न्यूज
१० आश्विन २०७६, शुक्रबार   ७ : ३६   बजे

 


काठमाडौं, १० असोज । पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कालोसूचीका ऋणी चण्डीराज ढकाललाई असोज मसान्तसम्म ऋण चुक्ता गर्न अल्टिमेटम दिएको छ । ऋण असूलीलाई अभियानको रुपमा सञ्चालन गरेको बैंक व्यवस्थापनले खराब ऋणी चण्डीराजसँग ऋण उठाउन अन्तिम अल्टिमेटम दिएको हो ।

‘हामीले चण्डीराजजीलाई गत असार मसान्तभित्रै ऋण चुक्ता गरिसक्न भनेका थियौं तर उहाँले विदेशी साझेदार भित्र्याएर फेरि उद्योग चलाउने भन्दै बैंकमा प्रस्ताव दिएपछि एक पटकका लागि अवसर दिएका हौं,’ बैंकका प्रमुख कार्यकारी संंचारकर्मीलाई बताउनुभयो ।

असोज मसान्तमा ऋण चुक्ता नगरे ऋण असूलीको कानूनी प्रक्रिया अघि बढाउने श्रेष्ठले बताउनुभयो। त्यो भनेको बैंकिङ कसूरमा मुद्दा दायर गर्ने हो । ढकालले केही महिनाअघि उद्योग फेरि सञ्चालन गर्ने प्रस्ताव बैंकमा पेश गरेका थिए । ‘डुबेको व्यक्तिले उद्योग चलाउनको लागि लगानी ल्याउँछु भन्दा सहयोग नगर्ने कुरा हुँदैन, त्यसैले एक पटक अवसर दिने मनस्थितीमा पुगेका हौं’ श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार ढकालले विदेशी साझेदार कम्पनीसँग मिलेर व्यवसायलाई अगाडि बढाउने योजनाको कागजपत्र बुझाएका थिए । ‘ढकालजीले व्यवसाय फेरि सुरु गर्ने योजना ल्याउनु भएको थियो, त्यसमा हामीले बिजनेश प्लान माग गरेका छौं’ उहँले भन्नुभयो ।
यद्यपि अहिलेसम्म भरपर्दो बिजनेश प्लान नआएको एक स्रोतले जानकारी दिएको छ । तर, २/४ दिनमै बिजनेश प्लान पनि बुझाउने चण्डीको प्रतिवद्धता छ ।

‘बिजनेश प्लानमा उत्पादन क्षमता, बजार र कुन वर्ष कति आम्दानी हुन्छ भन्ने प्रष्ट र भरपर्दो योजना चाहिन्छ तर उनको त्यस्तो प्लान आउन नसकेको एक स्रोले दावी गरेको छ । उद्योग फेरि चलाउने प्रस्ताव ल्याएपछि बैंकले चालू पुँजीका रुपमा उद्योगको पुनसंरचना (रिनोभेसन) गर्न र बैंकलाई कम्तीमा १० करोड रुपैयाँ चुक्ता गर्न भनेको थियो ।

‘हामीले चण्डीराजजीलाई तत्कालै कम्तीमा १० करोड र सकेसम्म त्योभन्दा माथि ऋण तिर्नू भनेका छौं,’ ,‘१० करोड रुपैयाँभन्दा कम स्वीकार्दैनौं बैंकका एक कर्मचारीले बताए । उद्योगको पुनसंरचना गर्न २० करोड रुपैयाँ लाग्ने अध्ययनमा देखिएको छ । उक्त रकम पनि ढकालले नै खर्च गर्नुपर्ने हुन्छ ।

बैंकिङ कसूर मुद्दामा जेल जानबाट बच्नका लागि ढकाललाई तत्कालै कम्तीमा ३० करोड रुपैयाँ आवश्यक परेको छ । जुन रकम जुटाउनका लागि उनी छटपटिएका छन् ।

स्रोतका अनुसार चण्डीको ऋण सल्ट्याउने नियत भएका केही व्यवसायीहरुले रकम उठाएर सहयोग गर्ने बाचा पनि गरेका छन् । अहिलेको चण्डीराजको आत्मबल भनेको केही व्यवसायीहरुको त्यही बाचा हो । चण्डीराजले ३० करोड रुपैयाँ जुटाएर उद्योगको पुनसंरचनामा खर्च गरेपछि उनको उद्योग ‘मोमेन्टो एपेरिएल्स’ नामक गार्मेन्ट उद्योगले लिएको ३१ करोड ऋणको रि क्याल्कुलेशन हुन्छ । ३१ करोड सावाँको साधारण ब्याज जोड्दा अहिले चण्डीले बैंकलाई ८० करोड रुपैयाँ तिर्नुपर्ने छ ।

निश्चित अवधिसम्म नियमितरुपमा किस्ता तिरेको खण्डमा बैंकले ब्याजदरमा बम्पर सहुलियत दिने छ । किस्ता नियमित भएन भने मुद्दा पूरानै अवस्थामा फर्किन्छ एक कर्मचारीले भने । ‘ढकालले दुवइको प्रफेक्ट इनड्रष्टिज ग्रुपलाई उद्योग सञ्चालनको व्यवस्थापकीय जिम्मा दिन्छु भनेर प्रस्ताव ल्याएपछि हामीले त्यो कम्पनीसँग भएको सम्झौता र त्यसका सञ्चालकलाई बैंकमा सम्पर्क राख्न भन्यौं,’ ‘स्रोतले भन्यो, ‘उक्त कम्पनीका कार्यकारी अध्यक्ष थोमस नेपाल आएर २ पटक मिटिङ गरिसकेका छन् ।’ भारतीय मूलका थोमसले बैंकको प्रतिवद्धता भए आफू चण्डीको उद्योग मोमेन्टको व्यवस्थापन सम्हाल्न आउने छन् ।

त्यस्तो हो भने बैंकले प्रफेक्ट र मोमेन्टोबीच भएको सम्झौता ल्याउन भन्यो । उनीहरुले सम्झौता पनि बुझाइसकेका छन् । चण्डीराजको प्रस्ताव बैंक सञ्चालक समितिमा लाने तयारी गरिरहेको छ । यो मुद्दा सल्ट्याउन चण्डीराज गम्भीर देखिएको पनि स्रोतले बतायो ।

असोज मसान्तसम्ममा टुंगिएन भने हामी ऋण असूलीको प्रक्रिया अघि बढाउँछौं भनेर हामीले चण्डीजीलाई भनिसकेको र चण्डीजीले म थोमसलाई पनि बोलाउँछु, बैंक, थोमस र म त्रिपक्षीयरुपमा अन्तिम बैठक बसेर टुंगो लगाउनुपर्छ भन्नुभएको छ स्रोले भन्यो ।’ चण्डीराजले आफूले राम्रो काम गर्दागर्दै परिस्थितिले धोका दिएका कारण समस्यामा परेको बताउँदै आएका छन् । ‘ऋणमा डुबेर कालोसूचीमा नपरेको भए देश हल्लाउन सक्ने क्षमता भएको मान्छे हुँ, मसँग धेरै क्षमता छ, तर बैंकको ऋणले साह्रै अफ्ठेरो पर्यो, यसपाली त जसरी भएपनि सल्ट्याउनुपर्छ,’ चण्डीराजले आज भोलि आफू निकट व्यवसायीहरुसँग भन्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group