ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुमति विना ल्याइने विषादीमा कडाइ गर्छौँ– मन्त्री खनाल


एबीसी न्यूज
११ आश्विन २०७६, शनिबार   ८ : २०   बजे

काठमाडौं, ११ असोज । कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले भारतबाट अनुमति विना ल्याइने विषादीमा कडाइ गर्ने बताउनुभएको छ ।

विश्व मुटु दिवसको अवसरमा लायन्स/लियो क्लब अफ काठमाडौँ लर्ड बुद्धले सन्धिखर्क–५ बलेवाङमा आयोजना गरेको दुईदिने स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले विषादीले मानिसको शरीरमा गम्भीर असर पु¥याउने भएकाले यसको प्रयोगलाई कम गर्दै लैजानुपर्ने बताउनुभयो ।

मन्त्री खनालले खानपिनमा ध्यान दिएमा धेरै रोगबाट बच्न सकिने भन्दै समय, समयमा स्वास्थ्य परीक्षण गर्न सुझाव दिनुभयो । “मानिसहरु अन्तिम अवस्थामा पुग्दा पनि मिर्गौला र क्यान्सरबाट ग्रसित भएको थाहा नपाएको धेरै घटना भेटिए” उहाँले भन्नुभयो, “हरेक छ, छ महीनामा अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्छ ।”मन्त्री खनालले प्राङ्गारिक मलको प्रयोग गरेर उत्पादनलाई वृद्धि गर्न जोड दिँदै स्वस्थ जीवन जीउने उपायका बारेमा सचेत हुनुपर्ने बताउनुभयो ।

प्रदेश नं ५ का प्रदेशसभा सदस्य निर्मला क्षेत्री, सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल, सशस्त्र प्रहरी उपरीक्षक रत्न पोखरेल, लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्धका अध्यक्ष हरि अधिकारी, लायन्स क्लबका संस्थापक चार्टर अध्यक्ष विष्णु भण्डारी, लायन्स क्लब लुम्बिनीका अध्यक्ष पोमनारायण अधिकारी, नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य विभाग प्रमुख कृष्ण घिमिरे लगायतले स्वस्थ्य जिवनका विविध क्षेत्रमाथि प्रकाश पार्नुभयो ।

शिविरमा रगत जाँच, पिसाब जाँच, भिडियो एक्सरे, खकार जाँच, प्रेसर जाँच, मुटुको जाँच, लगायतका सेवा प्रदान गरिएको छ । शिविरको पहिलो दिन करीब ५०० जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा करीब एक हजार ५०० ले स्वास्थ्य परीक्षण गर्ने अनुमान गरिएकोे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group