ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आपतकालीन कार्यसञ्चालन केन्द्रका लागि उपकरण माग


एबीसी न्यूज
१५ आश्विन २०७६, बुधबार   १२ : ४४   बजे

काठमाडौं, १५ असोज । जिल्ला दैवीप्रकोप उद्धार समिति तनहुँले आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने उपकरण माग गरेको छ । समितिले केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि विभिन्न उपकरण आवश्यक पर्ने भएकाले गृह मन्त्रालय र प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग विभिन्न उपकरण माग गरेको हो ।

जिल्लामा घट्न सक्ने विपत्का समयमा उद्धारका लागि विभिन्न सामग्री आवश्यक पर्ने भए पनि आपतकालीन कार्यसञ्चालन केन्द्रमा उक्त सामग्री अभाव रहेकाले गृहमन्त्रालयसँग ती सामग्री वा रकम निकासा गर्न माग गरिएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

समितिले कम्प्युटर डिस्प्ले बोर्ड तथा सोसँग सम्बन्धित आवश्यक सामग्री एक थान, रुख काट्ने मेसिन दुई थान, लाइफ ज्याकेट २० थान, स्ट्रेचर १० थान, सेफ्टी रिफ्लेक्शन टिसर्ट २० थान, प्राथमिक उपचार बक्स १० थान, टर्चलाइट १० थान, डोरी १०० मिटरका पाँच मुठा माग गरेको छ । त्यस्तै गैँटी २५, बेल्चा २५, साप्लो १०, बाल्टिन २० र अग्नि नियन्त्रकयन्त्र २५ माग गरिएको छ ।

विपद् व्यवस्थापनको लागि पृथ्वीराजमार्ग र सहायक मार्गमा पर्ने सबै स्थानीय तहले राजमार्ग र स्थानीय मार्ग तथा अन्य स्थानमा रुख लडी बाटो तथा निकास अवरुद्ध हुने समयमा तत्काल प्रयोग गरी राजमार्ग खुलाउनका लागि रुख काट्ने मेसिन खरीद गरी सम्बन्धित प्रहरी एकाइमा हस्तान्तरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ को राउण्ड अफ ३२ को समीकरण पूरा, ३२ टोलीको नकआउट यात्रा तय

अर्जेन्टिनाको अपराजित यात्रा कायम, जोर्डनलाई ३–१ ले हराउँदै समूह विजेता

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu