ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैंको बेलामा भारतीय बजारमा भीड नेपाली बजार सुनसान हुंदा व्यवासायी चिन्तित (भिडियोसहित)


एबीसी न्यूज
१६ आश्विन २०७६, बिहिबार   १२ : ४७   बजे

 

बुटवल, १६ असोज । दशैले जताततै धपक्क छोपी सक्दा पनि रुपन्देहीको बजारहरुमा यस वर्ष खासै चहलपहल देखिएन । सिमावर्ती भारतीय बजारमा ग्राहकको घुंईचो लाग्दा स्वदेशी बजार भने सुनसान देखिएको छ ।

दशैंले आम नागरिकलाई छोएपनि रुपन्देहीका नेपालभारत सीमावर्ती क्षेत्रका ब्यवसायीहरुका लागि यो वर्षको दशैं निरासाजनक नै देखिएको छ । बजारमा चहलपहल नभएपछि दशैंले उत्साह नथपेको ब्यवसायीहरुले बताएका छन् । बजारमा अघिल्लो वर्षको तुलनामा ग्राहक नआएका कारण ऋण लिएर पसलमा लगानी गरेकाहरुलाई समस्या परेको ब्यवसायीको गुनासो छ ।

बिशेष गरि रेडिमेड कपडा, जुत्ताचप्पल तथा ईलेक्ट्रोनिक्स र ईलेक्ट्रिकल्स सामानहरुमा अत्याधिक मुल्य बृद्दि भएका कारण ग्राहकहरु बजारमा नदेखिएको बताईएको छ । सरकारले भन्सार दर बढाएको र अण्डर बिल नियन्त्रण नगरि भन्सारमा कडाई गरेका कारण मुल्य बढेको उनीहरुको ठहर छ ।

सिमावारीका भैरहवा वेलहियाको बजार सुनसान देखिएपनि सिमावर्ती भारतीय बजार सुनौलीमा भने नेपाली ग्राहकको कुनै कमी छैन । हरेक दिन मेला लागे झैं सिमा पारी सामान खरिद गर्न जानेहरु भेटिने गरेकाछन् । मुल्य एउटै एउटै भएपनि ग्राहकहरुलाई सुनौली जाने फेसन जस्तै बनेको सुनौलीबाट सामान किनेर फर्किरहेकाहरुको भनाईबाट बुझ्न सकिन्छ ।

त्यसो त, उपभोक्ताको चेतनालाई दोष दिएर राज्य र ब्यवसायीक संगठनहरु मुक्त हुने अवस्था पनि छैन । नेपालका उत्पादकहरु तथा ब्यवसायीहरुले उपभोक्तालाई स्वदेशी उत्पादनका बारेमा बुझाउन नसक्नु कमजारी भएको बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष अनिल श्रेष्ठ बताउंछन् ।

सिमापारी करोडौं रकम हरेक दिन जांदा नियन्त्रण गर्नेतर्फ राज्यको ध्यान गएको देखिंदैन भने ब्यवसायीहरुले पनि एउटै मुल्य पर्दा समेत सिमापारी खरिद गर्न जाने नेपालीलाई नेपालमा रोक्ने गरि आकर्षण दिन सकेका छैनन् । बषौंदेखि लागेको बानी छुटाउन राज्य र ब्यवसायी दुबै पक्षबाट स्वदेशमा सामान खरिद गर्न गराउन बिशेष योजना बनाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group