ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुगमन नहुँदा तरकारीको मूल्य मनपरी


एबीसी न्यूज
१६ आश्विन २०७६, बिहिबार   १ : ०७   बजे

काठमाडौं, १६ असोज । दशैँं नजिकिएको बेला अहिले उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशाला छेउको तरकारी बजारमा अनुगमन नहँुदा व्यापारीले मनपरी मूल्यमा बिक्री गर्न थालेका छन् ।

स्थानीय तह, उद्योग वाणिज्य सङ्घ र प्रहरी सहितको टोलीले बजारको अन्य क्षेत्रमा बजार अनुगमन गरेपनि अहिलेसम्म तरकारी बजारको अनुगमन नगर्दा तरकारी व्यापारीले मनपरी मूल्यमा तरकारी बिक्री गर्ने गरेको उपभोक्ताको आरोप छ । गाईघाटका शारदा खड्काका अनुसार तरकारी व्यापारीले अहिले हप्तादेखियता दैनिक तरकारीको मूल्य बढाउने गरेका कारण उपभोक्ता मारमा पर्न थालेका छन् ।

खड्का भन्निुहुन्छ,“३० रुपैयाँ प्रतिकिलोको आलु एक हप्ताभित्र मूल्य बढेर अहिले ८० रुपैयाँसम्म प्रतिकिलो मूल्य पुग्यो, १५० किलोबाट गोलभेँडाकोे मूल्य एक हप्तामा रु २८० प्रतिकिलो पुग्यो, व्यापारीले दैनिक प्रतिकिलो तरकारीमा रु १० देखि २० मूल्य वृद्धि गर्दे लगेका छन् ।”अहिलेसम्म तरकारी बजारको अनुगमन नभएको कारण व्यापारीले मनपरी मूल्य वृद्धि गरेपछि उपभोक्ता साह्रै महङ्गीको मारमा परेको अर्का स्थानीयवासी खगेन्द्र कार्की बताउनुहुन्छ ।

कार्की भन्नुहुन्छ,“प्याजको मूल्यवृद्धि भएको निहुँमा तरकारी व्यापारीले अन्य तरकारीको मूल्य पनि मनलाग्दी बढाए, उपभोक्ताको समस्याबारेमा स्थानीय तह वा उद्योग वाणिज्य सङ्घ र मिडियाले पनि ध्यान दिएन ।”स्यानीयवासी कुमार राउत भन्नुहुन्छ, “अहिले प्याजको मूल्य वृद्धि भएको हामीले सुनेका हौँं, प्याज बाहेक अन्य वस्तुको पनि मूल्य प्याज जस्तै मनपरी दिनानुदिन बढिरहेको छ, अनुगमन नहुँदा उपभोक्ता मारमा पर्नुपरेको छ ।”

त्रियुगा नगरपालिका–१० का वडाध्यक्ष तथा नगरपालिका अनुगमन समितिका सदस्य प्रकाश खड्काले अन्य क्षेत्रमा बजार अनुगमन भइरहे पनि तरकारी बजारको अनुगमन र तरकारीको मूल्य समायोजन गर्न नभ्याइएको बताउनुभयो । यसको पनि अनुगमन शुरु गर्ने पक्षमा नगरपालिका रहेको सदस्य खड्काले बताउनुभयो । जिल्ला प्रशासन, घरेलु, नगरपालिका प्रहरीसहितका टिमले बजार अनुगमन गरिरहेको भएपनि तरकारी बजारको अनुगमन र मूल्य समायोजनको अनुगमन हुन नसकेको अनुगमन समितिका सदस्यहरु नै बताउँछन् ।

तरकारी व्यापारी स्वाभावले प्याजसँगै अन्य तरकारीको मूल्य बढेर आएका कारण आफूहरुले महङ्गो मूल्यमा बिक्री गर्न परेको तरकारी व्यापारी राधा चौधरीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group