ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कपडा बैंकप्रति दलित असहायको आकर्षण बढ्दो


एबीसी न्यूज
१७ आश्विन २०७६, शुक्रबार   १ : ०८   बजे

काठमाडौं, १७ असोज । रिक्सा चलाएर गुजारा गर्दै आएका सर्लाही रेहुवाका ४० वर्षीय सञ्जय पासवान दिनभरिको थकाइपछि राति घर जाँदा १२ वर्षीय छोराले दशैँमा नयाँ लुगा किनीदिन सधैँभरि आग्रह गर्दै आएका थिए । उहाँको रिक्सा कमाईले घर धान्न धौधौ परिरहेको थियो ।

सधैँभरिको छोराको जिद्दीबाट आजित भइसकेका बेला छोराको मागलाई पूरा गरिदियो, कपडा बैँकले । उहाँलाई आफ्नो घरपरिवारको नानीहरुका लागि धेरै पटक त्यही बैंकबाट लुगा लगेर दशँैको साइत जुराइदिएको छ । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, व्यवस्थित वीरगञ्ज अभियान तथा वुमेन क्रिएशनले संयुक्त रुपमा सञ्चालनमा ल्याएको कपडा बैंकले पासवानलाई मात्र होइन अन्य दलित असहाय र मजदूरहरुका लागि बरदान साबित भएको छ ।

“हामी गरीब छाँै, दैनिक गुजारा गरेर परिवारको पेट पाल्ने गरेका छाँै, कसरी छोराछोरीलाई दशैँजस्तो पर्वमा नयाँ लुगा किन्न सक्छु र रु”, सुखदी मल्लिक डोमले आफ्नो पीडा पोख्दै भनिन्, “तर खोज्दै जाँदा हाम्रा नानीहरुका लागि निःशुल्क लुगा बाँड्ने कपडा बैंक फेला पा¥याँै र त्यही बैंकबाट कपडा ल्याएर छोराछोरीका माग पूरा गर्दा धेरै खुशी लागेको छ ।”

हप्तामा एक दिन गरीब तथा दलित बस्तीमै गएर पुराना कपडा बाँड्ने र यसमा सबै कपडा दाताको राम्रो सहयोग भएकाले लामो समयसम्म कपडा बैंकलाई सञ्चालन गरी गरीब, दलित तथा असहायलाई सेवा गर्ने योजना रहेको व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलीपराज कार्कीले बताउनुभयो ।

दुईछाक टार्न धौधौ पर्ने दलित तथा विपन्न परिवारलाई त दशैँमा नानीहरुलाई नयाँ लुगा किनिदिन सपना जस्तै भएको भन्दै वीरगञ्जकै सुनैना, गौरी, निशा, हरि, अजय राउतले एकै स्वरमा भने, “खोज्दा देउता पनि भेटिन्छ भने झँै कपडा बैंक भेटिएपछि त्यहाँबाट लुगा लगेको त हाम्रा छोराछोरी पनि खुशीले दशैँ मनाउने थालेका छन् ।”

“दाताहरुले आफ्ना घरमा भएका पुराना लुगाहरु हाम्रो बैंकमा दिने गर्छन् र त्यो कपडा हामीले दलित, गरीब तथा असहायलाई निःशुल्क बाँड्ने गर्दछौँ”, ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले भन्नुभयो, “यस कपडा बैंकबाट वीरगञ्ज तथा वरिपरिका गाउँका रिक्सा, ठेलावाला, गरीब, दलित तथा मजदूरहरु बढी लाभान्वित हुने गरेका छन् ।”

हप्तामा तीन दिन अर्थात् सोमबार, बुधबार र शुक्रबार साँझ ५ः०० बजे खुल्ने सो कपडा बैंक निरन्तर चलिरहने बताइएको छ । करीब डेढ महीनादेखि सञ्चालनमा रहेको सो कपडा बैंकबाट हालसम्म दुई हजारभन्दा बढी गरीब, दलित लाभान्वित भएको वुमेन क्रिएशनका अध्यक्ष नुतन सरावगीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तिहारका लागि नयाँ नयाँ लुगाहरु दलित बस्तीका घरमै गएर बाँड्ने योजना रहेको छ ।” ‘सबैको हात, सबैको साथ, जरुरतमन्द र असहाय व्यक्तिका लागि कपडा बैंक’ भन्ने नाराका साथ शुरु भएको यस बैंकका कारण गरीब, दलित असहायलाई हुने कपडाको आवश्यकतालाई धेरै हदसम्म पूरा गर्ने भएकाले दशैँमा लुगाको जोहो गर्न त्यति समस्या नभएको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group