ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतान्त्रिक शक्तिलाई जिताउन राप्रपाको अपिल


admin
१७ कार्तिक २०७४, शुक्रबार   १२ : २४   बजे

बैतडी, १७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले केही व्यक्तिले पार्टी छाडेर जाँदैमा पार्टीलाई कुनै असर नपर्ने जनाएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले केही व्यक्तिले गरेको हर्कतले पार्टी कति पनि विचलित नभएको जनाएको छ । आयातीत र स्वार्थी व्यक्ति कुनै पनि पार्टीमा धेरै दिन नटिक्ने भएकाले राप्रपालाई कुनै नोक्सान नभएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मुखमै संस्थापक नेताहरु र युवा नेताहरुले पार्टी परित्याग गरी वाम गठबन्धनमा प्रवेश गरेपछि राप्रपा बैतडीले कुचोले बढार्नुपर्ने फोहोर हावाले उडाएर लगेको टिप्पणी गरेको छ ।

पार्टीका पूर्वअध्यक्षलगायत एक दर्जन संस्थापक नेताले असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको एक हप्तापछि बुधबार मात्रै राप्रपाका सुदूरपश्चिम सहसंयोजक पुष्करराज जोशी ‘लख्खाभाइ’ लगायतका कार्यकर्ताले राप्रपा त्यागेर वाम गठबन्धनमा प्रवेश गरेका थिए ।

त्यसको भोलिपल्टै बिहीबार राप्रपाले प्रेस विज्ञप्ति निकाल्दै आफ्नो पार्टी मुद्दाको हिसाबले बलियो रहेको र कट्टर राष्ट्रवादी नेताहरु पार्टीमा रहेकाले पार्टी कुनै हिसाबले पनि कमजोर नभएको दाबी गरेको छ । राप्रपाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेससंग गठबन्धन भएअनुसार लोकतान्त्रिक शक्तिलाई जिताउन अपिल गरेको छ ।

कांग्रेससंग तालमेल गरेपछि प्रदेश सभा निर्वाचन क्षेत्र नं २ मा राप्रपाले नेता गणेशबहादुर चन्दलाई उम्मेदवार बनाएको छ । ‘बैतडी जिल्लामा राष्ट्रवादी र स्वच्छ छवि भएको पार्टी राप्रपा मात्रै रहेकाले हिन्दू राष्ट्र जोगाउन लोकतान्त्रिक गठबन्धनलाई सघाउन अनुरोध गर्दछौँ’– जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

बैतडीमा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँगे्रसका नेता तथा वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्नुभएको छ भने प्रदेशसभाका लागि बैतडी ‘क’ मा नेपाली काँग्रेसका हरिमोहन भण्डारी र ‘ख’ मा राप्रपाका गणेशबहादुर चन्द चुनावी मैदानमा रहेका छन् । एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा पहिलो चरणअन्तर्गत मंसिर १० गते निर्वाचन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group