ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढी प्रभावितको उद्धार पुनः सुरु, गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ५ : ३५   बजे

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घाइते नागरिकहरूको उद्धार कार्य आज बिहानैदेखि पुनः सुरु गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा रहेका घाइते तथा जोखिममा परेका नागरिकको उद्धार भइरहेको छ।

गएराति अबेरसम्म बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले बाढी प्रभावित क्षेत्रका घाइतेलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा उपचारको व्यवस्था गर्ने निर्णय गरेको थियो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेलाई रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिएका उपचार तथा राहत क्याम्पमा पुर्‍याउने व्यवस्था मिलाइएको जानकारी दिए।

गम्भीर घाइतेलाई काठमाडौं ल्याइने

उद्धार गरिएका घाइतेको स्वास्थ्य अवस्थाका आधारमा प्राथमिकता निर्धारण गरिनेछ। गम्भीर अवस्थामा रहेका व्यक्तिलाई हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई थप उपचारको व्यवस्था गर्ने तयारी गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा सञ्चार, सडक तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुगेकाले हवाई उद्धारलाई प्राथमिकतामा राखिएको छ। नेपाली सेनाका साथै आवश्यकताअनुसार निजी क्षेत्रका हेलिकप्टरसमेत उद्धार कार्यमा परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

राहत सामग्री विदुर पठाइयो

यसैबीच, बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक खाद्यान्न, औषधि तथा अन्य राहत सामग्री स्थलमार्गबाट नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाइसकिएको छ।

त्यहाँबाट प्रभावित क्षेत्रको आवश्यकता र पहुँचका आधारमा राहत सामग्री वितरण गर्ने तयारी गरिएको छ। सरकारले खोजी, उद्धार, उपचार र राहत कार्यलाई एकसाथ अघि बढाउने गरी सुरक्षा निकाय, स्थानीय प्रशासन तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई उच्च सतर्कताका साथ परिचालन गरेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीबारे प्राविधिक प्रतिवेदन सार्वजनिक, बिहान ९:०५ बजे तिब्बततर्फबाट ठूलो बाढी प्रवेश भएको सूचना

रसुवा–नुवाकोटमा फेरि ठूलो बाढी आउने हल्ला निराधार : बाढी पूर्वानुमान महाशाखा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशी बाढीबारे प्राविधिक प्रतिवेदन सार्वजनिक, बिहान ९:०५ बजे तिब्बततर्फबाट ठूलो बाढी प्रवेश भएको सूचना

रसुवा–नुवाकोटमा फेरि ठूलो बाढी आउने हल्ला निराधार : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी बाढी : आज बिहानैदेखि हेलिकप्टरमार्फत तीव्र उद्धार, धुन्चे र विदुरमा अस्थायी उपचार केन्द्र

अमेरिकी डलर स्थिर, अस्ट्रेलियन डलर महँगियो; युरो र पाउन्ड घट्यो

US Sanctions British Activist Group Palestine Action and Allied Organizations

Roger Waters Warns AI Threatens Humanity as Elites Benefit From Conflict

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu