ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागु औषधसहित नेपाली नागरिक भारतमा पक्राउ


एबीसी न्यूज
२३ आश्विन २०७६, बिहिबार   २ : १७   बजे

भद्रपुर, २३ झापा । भारतबाट नेपाल भित्रिने लागु औषध ड्रग्स नियन्त्रण नहुँदा नेपाल प्रहरीलाई समस्या भइरहेको बेला भारतीय सुरक्षाकर्मीले पनि सीमा क्षेत्रमा लागु औषध नियन्त्रणमा चासो देखाएको छ ।

यसैक्रममा सशस्त्र प्रहरी बल एसएसबी ले नेपाल भित्राउन लागेको ठुलो परिणाममा लागु औषध ड्रग्स सहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । एसएसबी ४१ वटालियन टोलीले कादोमोनीजोतस्थित नेपाल भारतको ९६ र १५ नम्बरको सीमा पिलर नजिकैबाट लागु औषधसहित इलाम जिल्ला लक्ष्मीपुर ८ बस्ने ४४ वर्षीय इन्द्रबहादुर राईलाई पक्राउ गरिएको भारतीय एसएसबीले जनाएको छ ।
उनलाई झापाकै मनिष थापाले लागु औषध भित्राउन सहयोग गरेको एसएसबीको अनुसन्धानबाट खुलेको जनाइएको छ । एसएसबीले राईको साथबाट फेनारगन, लुपिजेसीक, डाइजोपाम गरी २८५५ एम्पुल लागु औषध बरामद गरेको हो । उनलाई लागु औषधसहित आवश्यक कारबाहीका लागि खोरीबारी थानालाई बुझाइसकेको जनाइएको छ ।

नेपालमा प्रतिबन्धित मानिएका लागु औषध भारतको औषधि पसलहरूमा खुलेआम बिक्री वितरण हुने गरेकाले भारतीय सीमावर्ती बजारमा नेपाली युवायुवती लागु औषध खरिद तथा सेवन गर्न भारत जाने गरेका छन् । भारतबाट ल्याएका लागु औषध नेपाल भित्रिने क्रम नरोकिएपछि भारतीय सुरक्षा निकायसँग समन्वय गरी नियन्त्रण तथा रोकथाम अभियान सुरु गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group