ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राष्ट्रपति नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान (फोटोफिचर)


एबीसी न्यूज
२६ आश्विन २०७६, आइतबार   २ : २२   बजे

 

काठमाडौं २६ असोज ।  नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चीनफिङ दुईदिने भ्रमण सकेर उहाँ १ : ३० बजे त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट स्वदेश फिर्ता हुनुभएको हो । उहाँलाई बिदाइ गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्रीपरिषद्का सदस्यहरुको सहभागिता रहेको थियो ।

राष्ट्रपति सीलाई बिदाइ गर्न सरकारी कर्मचारी, सर्वसाधरणको उल्लेख्य सहभागिता रहेको थियो ।

समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँ शनिबार साँझ काठमाण्डौ आउनुभएको थियो । राष्ट्रपति सीलाई स्वागत गर्न उहाँका समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रिपरिषद्का सदस्यहरु पनि विमानस्थल पुग्नुभएको थियो ।

राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग आदानप्रदान गर्न सहयोग पुग्ने नेपाल सरकारले विश्वास लिएको छ । यस अर्थमा पनि सीको भ्रमणलाई निकै महत्वका साथ हेरिएको थियो ।

आइतबार बिहान राष्ट्रपति सी र पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भयो । भेटमा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।

चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच १८ ओटा समझदारीपत्र र दुई ओटा ‘लेटर अफ एक्सचेञ्ज’मा हस्ताक्षर भएको छ । यसका साथै स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विभिन्न विषयमा समझदारी पत्र आदान प्रदान गरिएको छ ।

समझदारी पत्र आदानप्रदान कार्यक्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दुवै देशका प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।

This image has an empty alt attribute; its file name is top-768x512.jpg

हिजो त्रिभुवन विमानस्थलबाट सिधै होटेल साल्टी पुगेका राष्ट्रपति सी त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ताका लागि शितल निवास पुग्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is Pro_Ktm_IMG_56852-576x768.jpg

त्यसपछि शितल निवासबाट होटेल सोल्टी फकेर्कका सीले हिजो प्रतिपक्षीदलका नेता एवं पूवप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी राजनीतिक भेटवार्ता शुरु गर्नुभएको  थियो ।

त्यसपछि विभिन्न राजनीतिक दलका नेताहरु उपेन्द्र यादव, डा. बाबुरमा भट्टराई, महन्थ ठाकुर लगायतलाई भेट दिएपछि सी उनको सम्मानमा राष्ट्रपति भण्डारीद्धारा आयोजित रात्रीभोजमा सरिक भएका थिए ।

This image has an empty alt attribute; its file name is 72528991_412267306131063_2054522040110546944_n.png
This image has an empty alt attribute; its file name is 73100602_500758344111338_26373882336247808_n.png
This image has an empty alt attribute; its file name is 72354802_443555736283687_8535301942274949120_n.png

आज सीले सत्तारुढ दल नेकपा सचिवालय सदस्यहरुसँग सामुहिक भेटवार्ता गरेका छन् । त्यसपछि नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग वान टु वान वार्ता गरेका थिए ।

नेकपा नेताहरूसँगको भेटपछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। त्यसपछि द्विपक्षीय वार्ता सम्पन्न गरेर राष्ट्रपति सी आज  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालबाट स्वदेश प्रस्थान गरेका छन् ।

This image has an empty alt attribute; its file name is 72527138_524334391444889_1600097599497437184_n.png
This image has an empty alt attribute; its file name is 72968266_515535495874744_3313028795929198592_n.png
This image has an empty alt attribute; its file name is Pro_Ktm_IMG_55383-768x512.jpg
This image has an empty alt attribute; its file name is 73049723_376765666534701_823454494611210240_n.png

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu