ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजपाका सांसदद्धारा बुद्ध एयरको काउण्टरमा तोडफोड


एबीसी न्यूज
२७ आश्विन २०७६, सोमबार   ३ : ४९   बजे


जनकपुरधाम, २७ असोज । राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम एयरपोर्टमा तोडफोड गरेका छन् । फ्लाईट डिले भएको भन्दै सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोद कुमार साहले जनकपुर एयरपोर्टमा तोडफोड गरेका छन् ।

सांसद साहले बिहान ११ः४० बजेको बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म पनि नआएको र जहाजमा एकजना किडनीका विरामीलाई समयमै काठमाण्डौ पुग्नुपर्ने भएपनि समयमा जहाज नआएकोले आफु आक्रोशमा आएर बुद्ध एयरको काउण्टरमा सामान्य तोडफोड गरेको बताएका छन् । उनले यस विमानस्थलमा कर्मचारीको लापरवाहीका कारण समय समयमा यस्ता घटनाहरु हुँदै आएपनि विमानस्थल प्रशासनले कुनै ध्यान नदिएको गुनासो समेत गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ६५ वर्षिय सौखीलाल चौधरीलाई काठमाण्डौँ पठाउनका लागि आफुले विमानस्थलका व्यवस्थापकहरुलाई पटक पटक फोन गर्दा समेत यसप्रति कुनै चासो नदेखाएपछि विरामी पिडाले छटपटाईरहेको अवस्थालाई देखेर आफुले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको सांसद साहले स्वीकारे ।

आफु आउदाँ विमानस्थलको अति विशिष्ट कक्षमा राति नै देखाएको प्लेट देखि लिएर फोहोर ग्लासहरु यत्रतत्र फालिएको अवस्थामा छरिएर रहेको र पटक पटक जनकपुर विमानस्थलको अवस्था बारे गुनासो गर्दा सरोकारवालाले कुनै वास्ता नगरेको देखेर आफु आक्रोशमा आई तोडफोड गरेको हो ।

यता विरामी चौधरीले आफु विहान ११ बजे नै आए पनि दिउसो २ बजेसम्म बस्दा समेत विमानस्थलका कर्मचारीहरुले कुनै वास्ता नगरेको र सांसद साहले आफ्नो अवस्था हेरेर आवेग आएको बताए ।

बुद्ध एयरका व्यवस्थापक प्रमुख विजय कुमार सिंहले काठमाण्डौको प्राविधिक कारणले विमान ढिलाई भएको र सो विषयमा यात्रुहरुलाई जानकारी गराउदाँ समेत सांसद साहले एक्कासी आएर बुद्ध एयरको काउण्टर माथि तोडफोडसंगै कर्मचारीसंग दुव्र्यवहार गरेको हो ।

सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था तनावग्रस्त बनेको थियो । बुद्ध एयरको सोहि फ्लाईटमा काठमाण्डौ जान लागेका सांसद साहलाई बुद्ध एयरका कर्मचारीहरु र व्यवस्थापक प्र्रमुख सिंहले विमान चढ्नबाट रोकेका थिए । सो क्रममा सांसद साह र व्यवस्थापक प्रमुख विच हातपात समेत भएको थियो । धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको पहलमा सांसद साह विमानमा बसेर काठमाण्डौँ जान सफल भए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group