ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राष्ट्रपतिको भ्रमणले ‘नेपाल भ्रमण वर्ष’लाई प्रवर्द्धन गर्न योगदान पुग्छ– पर्यटनमन्त्री भट्टराई


एबीसी न्यूज
२८ आश्विन २०७६, मंगलबार   ३ : ४३   बजे

काठमाडौं, २८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नु भएको छ ।

मन्त्री भट्टराईले चिनियाँ राष्ट्रपति सीले नेपालको दुई दिने राजकीय भ्रमणको क्रममा दिनु भएको प्रत्येक ‘स्टेटमेन्ट’ले सो भ्रमण वर्षलाई प्रवद्र्धन गर्न सघाउ पु¥याउने विश्वास व्यक्त गर्नु भएको हो । उहाँले राष्ट्रपति सीको नेपाल भ्रमणले चिनियाँ बुद्धिष्टहरुलाई लुम्विनीको भ्रमण गर्न पनि अभिप्रेरित गरिरहने अपेक्षा पनि गर्नु भयो । ‘चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणको क्रममा दिनु भएको प्रत्येक स्टेटमेन्टले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवद्र्धन गर्न महत्वपूर्ण सहयोग पु¥याउने मैले विश्वास लिएको छु,’ मन्त्री भट्टराईको भनाई थियो,‘यसले बुद्ध धर्ममा आस्था राख्ने चिनियाँ नागरिकलाई पनि लुम्विनीको भ्रमण गर्न थप प्रेरित गर्नेछ ।’ मंगलबारबाट काठमाडौंमा सुरु भएको ‘दोस्रो चीन–दक्षिण एशीया सम्मेलन’को उद्घाटन सत्रमा बोल्दै उहाँले चीन र दक्षिण एशीयाका विद्धान साहित्यहरुको उपस्थितिले पनि ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई माथि उठाउन महत्वपूर्ण सहयोग पु¥याउने पनि बताउनु भयो ।

त्यस अवसरमा मन्त्री भट्टराईले सांस्कृतिक धरोहरुको रुपमा रहेको नेपालमा भूकम्पले ध्वस्त बनाएका सबै सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणको कामले तीव्रता पाएको उल्लेख गर्दै दुई वर्ष भित्रै पुनर्निर्माणको काम सम्पन्न गरिसक्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्तिक ३ गतेसम्म चल्ने सो सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तानलगायतका देशका प्राज्ञहरुले १६ वटा कार्यपत्र प्रस्तुत गर्नेछन । यो सम्मेलन पहिलो पटक गत वर्ष चीनको छेन्दु सहरमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन, उद्धार टोली परिचालन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नासाको नयाँ ‘रोमन’ स्पेस टेलिस्कोप अन्तरिक्षमा, खोज्नेछ ब्रह्माण्डका गहिरा रहस्य

कप्तान सन्दीपको पाँच विकेटमा बहराइन ८७ रनमै ढल्यो, नेपाललाई ८८ रनको लक्ष्य

रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन, उद्धार टोली परिचालन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

Niger Mutiny Exposes Tensions and Russia’s Role in Sahel

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu