ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धारिलो हतियार प्रहार गरी एक जनाको हत्या


एबीसी न्यूज
३० आश्विन २०७६, बिहिबार   ११ : ०७   बजे


मकवानपुर , ३० असोज ।  बकैया गाउँपालिका – ३ जलजलेमा धारिलो हतियार प्रयोग गरी बुधबार राति एक जनाको हत्या गरिएको छ । हतियार प्रहारबाट अन्य दुई जना घाइते भएका छन् ।

बकैया गाउँपालिका ३ जलजलेमा घरमै बसिरहेकी ५० वर्षीया सन्तमाया लो माथि यही ठाउँमा बस्ने ५० बर्षीय सुकबहादुर पाख्रिननले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक  मुकेशकुमार सिंहले बताउनुभयो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सन्तमायाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा बुधबार राति ज्यान गएको हो ।

पाख्रिनले धारिलो हतियार प्रहार गरी अन्य २ जना घाइते बनाएका छन् । घाइते हुनेमा मुतकका श्रीमान ५५ वर्षीय कालबहादुर लो र स्थानीय २६ बर्षीया दिवीमाया मोक्तान रहेका छन् । उनीहरुको टाउको, निधारमा चोट रहेको र घाइते दुवैको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लामो समयदेखि आपसी झै–झगडाका कारण हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

हत्यामा संलग्न पाख्रिनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको टोलीले राति नै हतियारसहित पक्राउ गरेको छ । पाख्रिनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu