ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्घीय सरकारको शिक्षा नीति धरासायी बन्दै– मुख्यमन्त्री राउत


एबीसी न्यूज
३० आश्विन २०७६, बिहिबार   १ : ५७   बजे

काठमाडौ, ३० असोज  । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार मातहतमा राख्नुपर्ने बताउनुभएको छ ।

बुधबार महोत्तरीमा आयोजित साइकल वितरण सामारोहमा उहाँले वर्तमान समयमा सङ्घीय सरकारको शिक्षा नीतिले समग्र शिक्षा क्षेत्र धरासायी हुँदै गएकाले शिक्षा क्षेत्रमा फड्को मार्नका लागि सम्पूर्ण अधिकार प्रदेश सरकारलाई दिनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री राउतले आजको आवश्यकता प्राविधिक शिक्षा रहेकाले प्रदेशलाई नै प्राविधिक शिक्षाको हब बनाउने दिशामा प्रदेश सरकार अग्रसर रहेकोे प्रतिबद्धता व्यक्त गर्दै प्रदेश सरकारले ल्याएको ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रमले यहाँका महिलामा शैक्षिक क्रान्ति ल्याउने दाबी गर्नुभयो । “छोरीलाई अभिशाप नभई बरदानको रुपमा बुझ्नु पर्छ”, उहाँले भन्नुभयो, “छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भव हुन्छ ।”

यसैबीच ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत एकैदिन महोत्तरीका पिपरा गाउँपालिका, जलेश्वर नगरपालिका र एकडारा गाउँपालिका गरी चार विद्यालयमा साइकल वितरण कार्यक्रम सम्पन्न भएकोे छ ।

मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा जिल्लाको पिपरा गाउँपालिकाको श्री मावि सहोडबामा ३३, रामनारायण अयोध्या मावि पिपरामा ९५, जलेश्वर नपाको प्रकौली माविमा ६८ र एकडारा माविमा ७६ गरी कक्षा ८ मा अध्यनरत कूल २७२ छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

साइकल वितरण कार्यक्रममा पूर्वमन्त्री एव समाजवादी पार्टीका केन्द्रीय सदस्य हरिनारायण यादव, केन्द्रीय सदस्य रवीन्द्र ठाकुर, प्रदेश सरकारका समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहा, समाजवादी पार्टी महोत्तरीका अध्यक्ष नागेन्द्र यादवसहितको सहभागिता थियोे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu