ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतिको फोहोर पानी प्रशोधन केन्द्र निमार्णकार्य अन्तिम चरणमा, अब पशुपति क्षेत्रमा ढुक्क भएर नुहाउन सकिने (भिडियोसहित)


एबीसी न्यूज
३ कार्तिक २०७६, आइतबार   १० : ४९   बजे


काठमाडौं, ३ कात्तिक । अबको ३ महिनापछि हिन्दू धर्मावलम्बीले पशुपतिनाथ मन्दिर क्षेत्रमा बागमतीको पानीमा नुहाउन सक्नेछन् । गुहेश्वरीमा स्थापना गरिएको बागमतीको फाहेोर पानी प्रशोधन केन्द्रको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । जसका कारण पनि अब बागमतीको पानी स्वच्छ हुनमा आशा गर्न सकिनेछ ।

काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्र निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको करीब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

शनिबार उक्त प्रशोधन केन्द्रको अवलोकनका लागि पुगेकी खानेपानी मन्त्री बिना मगरसहितको टोलीले आयोजनाबारे जानकारी लिएको थियो । निर्माणकार्य सम्पन्न भएपछि गोकर्णदेखि गुह्वेश्वरीसम्मको पानी प्रशोधन गर्न सकिने आयोजनाले बताएको छ ।

प्रशोधन केन्द्र निर्माण सम्पन्न भएपछि पौडी खेल्न र पशुपति क्षेत्रमा ढुक्क भएर नुहाउन सकिन्छ’ । एसियाली विकास बैंकको २ अर्ब ५५ करोड लागतमा निर्माणाधीन आयोजना सम्पन्न भएपछि ३९० लिटर पानी प्रतिकेसेण्ड प्रशोधन गर्न सकिने छ । यस्तै प्रतिघण्टा ३२० किलोवाट बिजुली समेत उत्पादनगर्न सकिनेछ । बागमतीको पानीमा भएको फोहोर जम्मा गरेर ग्यासबाट बिजुली निकाल्ने सकिने काठमाडौ उपत्यका फोहरपानी व्यवस्थापन आयोजनाका प्रवन्धक सुरत कुमार बमले बताए ।

आयोजनाको अवलोकपछि खानेपानी मन्त्री मगरले ऐतिहासिक महत्व बोकेको बागमती नदी सफाइका लागि सरकारले अभियान सञ्चालन गरेको भन्दै यसलाई सफल बनाउन सबैपक्षको सहयोग जरुरी रहेको बताइन् ।

खोलानाला प्रदूषित हुदा वातावरणमा समेत नकारात्मक असर पर्ने गरेको छ । पानीका मुहान पछिल्लो समयमा दिनप्रतिदिन ढलले भरी रहेका छन् । फोहोरपानी प्रशोधन गरी वातावरण सफा गर्ने र पानीलाई दुषित रहित बनाउने काम राम्रो हो । यसलाई उचित ढंगले व्यवस्थित गर्नु सक्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu