ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रमण वर्षको सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच समझदारी


एबीसी न्यूज
३ कार्तिक २०७६, आइतबार   १ : ५९   बजे

काठमाडौं, ३ कात्तिक । २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सुरु हुन लागेको नेपाल भ्रमण वर्ष (२०२०) सफल बनाउन भ्रमण वर्षको सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच समझदारी भएको छ ।

नेपाल पर्यटन बोर्डमा आइतबार १७ बुँदे समझदारी भएको हो । समझदारीअनुसार एकजना गैर आवासीय नेपालीले एकजना पर्यटक नेपाल पठाउनुपर्नेछ । सबैभन्दा धेरै पर्यटक नेपाल पठाउने व्यक्ति वा संस्थालाई सरकारले सम्मान गर्ने पनि समझदारीमा उल्लेख छ ।

समझदारीमा गैरआवासीय नेपाली संघका नवनियुक्त अध्यक्ष कुमार पन्त र नेपाल भ्रमण वर्ष(२०२०)का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले हस्ताक्षर गर्नुभएको छ ।

भ्रमण वर्षको सचिवालय र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच भएको १७ बुँदे समझदारी यस्तो छ ।

१.संघले नेपाल भ्रमण वर्ष(२०२०) का सन्दर्भमा विश्वभरबाट एक नेपालीले एक विदेशी साथी नेपाल पठाउ अभियान सञ्चालन गर्नेछ । उक्त कुराको अभिलेखीकरण सचिवालय र संघले गर्ने व्यवस्था मिलाउने छ । सचिवालयले सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघ–संस्थालाई सम्मान गर्नको लागि नेपाल सरकारसमक्ष सिफारिस गर्नेछ ।

२. संघले नेपाल भ्रमण वर्ष(२०२०ु अवधिभर संघका विश्वभरि गरिने औपचारिक सेमिनार, गोष्ठी लगायतका कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउनेछ । संघको आयोजनामा नेपालमा हुने विभिन्न गोष्ठी तथा सेमिनारहरुमा समन्वयात्मक भूमिका सचिवालयले निर्वाह गर्नेछ ।

३. संघले विश्वभरि रहेका गैर आवासीय नेपालीहरुलाई सन् २०२० मा  ‘Spend Holiday in Nepal with Family and Friends’  अभियान सञ्चालन गर्नेछ ।

४. संघले विदेशमा रहेका नेपाली दूतावास र नियोगहरुमा ुभ्रमण वर्ष प्रवर्द्धन कक्षु स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउनेछ ।

५.नेपाल भ्रमण वर्षु २०२० को प्रचारप्रसार गर्नका लागि सचिवालयको समन्वयमा संघले वर्षभरि विश्वका प्रमुख शहरहरुमा कार तथा साइकल र्‍याली गर्नेछ ।

६. संघका विश्वभरि रहेका सदस्य तथा विभिन्न नेपाली संघ(संस्थामा आबद्ध रहेका नेपालीहरुको माध्यमबाट संघले उनीहरुको रोजगारदाता अर्थात व्यवसायिक साझेदार संघ(संस्था तथा व्यक्तिहरुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नेछ ।

७. संघले गैर आवासीय नेपालीका विश्वभरिमा रहेका व्यवसायिक फर्महरु तथा होटेल रेस्टुरेन्टमा नेपालसम्बन्धी आकर्षक प्रचार सामाग्रीहरु राखी प्रचारप्रसार गर्ने तथा प्रचारप्रसारका सामाग्रीहरु वितरण गर्नेछ ।

८. संघले विश्वभरि छरिएर रहेको सम्पूर्ण सदस्य लगायतका नेपाली तथा विदेशी मित्रहरुका सवारी साधनहरुमा ुनेपाल भ्रमण वर्ष(२०२०ु लोगो सहितको स्टिकर टास्ने व्यवस्था मिलाउनेछ ।

९. संघले विश्वभरिमा कम्तीमा ५० देशमा मिस एनआरएन इन्टरनेशनल आयोजना गर्ने र प्रतियोगिताको फाइनल २०२० जुन महिनाभित्र नेपालमा गर्नेछ।

१०. सचिवालय र संघको समन्वयमा आउँदो जनवरीको पहिलो हप्तामा हुने नेपाल भ्रमण वर्षको शुभारम्भ समारोहलाई सफल बनाउनका लागि सम्बन्धित देशका कुटनीतिक नियोगहरुसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ ।

११. संघले सम्बन्धित देशका सञ्चारमाध्यमहरुमा डिजिटल मार्केटिङको व्यवस्था गर्नेछ ।

१२. सचिवालय र संघको समन्वयमा विश्वभर रहेका नेपाली तथा विभिन्न संघ(संस्थाहरुको सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत भ्रमण वर्षसँग सम्बन्धित सकारात्मक सन्देश दिने सामाग्रीको प्रवाह गरिनेछ ।

१३.संघले विश्वभरिका विभिन्न देशहरुका सार्वजनिक ठाउँहरु जस्तै बस स्टेशन, रेल्वे स्टेशन तथा प्रमुख पर्यटकीय क्षेत्रहरुमा ुनेपाल भ्रमण वर्ष(२०२०) को प्रचार सामग्री वितरण गर्ने, प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्नेछ ।

१४.सचिवालयले सम्बन्धित देशका कुटनीतिक नियोगहरुको समन्वयमा ट्राभल एजेन्सी, टुर अपरेटर, मिडियालगायतका कम्पनीहरु समक्ष आवश्यक छलफल गरी नेपालको प्रवर्द्धन गर्नेछ ।

१५. सचिवालयले कुटनीतिक नियोगसँग समन्वय गरी सम्बन्धित देशमा वितरण गरिने प्रचारात्मक सामग्री उत्पादन गरी वितरण गर्नेछ ।

१६.सचिवालयले एक नेपालीले कम्तीमा ुएक विदेशी साथी नेपाल पठाऊु अभियान अन्तर्गत संघसँग समन्वय गरी नेपाल भ्रमण वर्षमा आउने पाहुनाहरुका लागि विभिन्न किसिमको छुटको व्यवस्था मिलाउने छ ।

१७. उल्लेखित कार्यहरुमा लाग्ने आर्थिक स्रोतको प्रबन्ध संघले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu