ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाबुको हत्या गर्ने पक्राउ


एबीसी न्यूज
४ कार्तिक २०७६, सोमबार   ७ : ५६   बजे

काठमाडौँ, ४ कात्तिक । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले विसं २०५७ चैत २९ गते काभ्रेपलाञ्चोक नवोबुद्ध नगरपालिका–११ स्यामपाटीको विमिरे गाउँको आफ्नै घरमा बाबु धमैसिंह तामाङकोे हत्यामा संलग्न छोरा रनबहादुर तामाङलाई आज काठमाडौँ कीर्तिपुरबाट पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बुबा र छोराको घरयासी विषयमा सामान्य विवाद हुँदा छोराले घाँटी रेटेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । “बुबाको हत्यापछि वैदेशिक रोजगारीका सिलसिलामा कुवेत गएका छोरा रनकाजी काठमाडौँ आएपछि विभिन्न स्थानमा लुकेर बसेकाले २० वर्षपछि पक्राउ गरेका हौँ,” उहाँले भन्नुभयो । उनले काठमाडौँमा आएर आफ्नो वास्तविक परिचयसमेत लुकाई विभिन्न स्थानमा लुकेर बसेको ब्यूरोले जनाएको छ ।
सवारी दुर्घटना मुद्दाका फरार व्यक्ति जेल चलान नेपाल प्रहरीले सवारी दुर्घटनाबाट अङ्गभङ्ग मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुनसरीमा सवारी दुर्घटना गरेर फरार पिकअफ भ्यान सवारीका धनी तथा चालक ३३ वर्षीय अशोक कार्कीलाई आइतबार पक्राउ गरी आज जेल चलान गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले सुनसरी जिल्ला अदालतको फैसलाअनुसार पाँच वर्ष कैद सजाय र रु पाँच हजार जरिवानापछि फरार कार्कीलाई कोटेश्वरबाट पक्राउ गरिएको जानकारी दिनुभयो । कार्कीले बा १ च ८६१० नं को पिकअफ भ्यान चलाएका थिए । पक्राउ कार्कीलाई आज काठमाडौँ जिल्ला अदालतमार्फत जेल सजायका लागि सुन्धारा जेल पठाइएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu