ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाभित्रका सडक तत्काल स्तरोन्नति गर्न सरकारलाई निर्देशन


admin
२० असार २०७४, मंगलबार   २ : ३७   बजे

काठमाडौं २० असार ।
संसदीय समितिले उपत्यका भित्रका सडकहरुको तत्काल स्तरोन्नति गर्न सरकारलाई निर्देशन दिएको छ ।

व्यवस्थापिका संसद विकास समितिको आज बसेको बैठकले उपत्यकाभित्रका सडकहरुको तत्काल विस्तार गर्न र विजुलीका तारहरुलाई अन्डरग्राउन्ड गरी सडकहरुलाई तीन महिना भित्र दुरुस्त बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण, सडक विभाग, काठमाडौँ महानगरपालिका र नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको हो ।

समितिले राजमार्गको सडक विकास एव्म विस्तार गर्ने तथा सहरी यातायात विकास गर्ने प्रणालीलाई सुदृढीकरण गरी प्रभावकारी र गुणस्तरीय कार्यसम्पादन गर्न÷गराउन पनि सरकारलाई सचेत गराएको छ । उपत्यका भित्रको सडकलाई व्यवस्थित बनाउन सरकारलाई पुनः निर्देशन दिनु परेको समितिका सभापति रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।

समितिले त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक खण्ड विस्तारको काम छिटो सम्पन्न पनि गर्न सरकारलाई निर्देशन दिएको छ । सडक खण्ड विस्तारका लागि घर÷जग्गाको मुआब्जासम्बन्धि समस्या तत्काल समाधान गर्न पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिइएको समितिका सभापति अधिकारीले बताउनुभयो ।

समितिले सडक विस्तारमा देखिएको समस्या छिटोभन्दा छिटो टुंग्याउन र सर्वोच्च अदालतको आदेश अनुसार पीडितहरुलाई कानुन बमोजिम क्षतिपूर्ति दिने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन गरेको छ ।

विकास समितिले मुग्लिन–नारायणगढ सडक यसै वर्षको अप्रिल महिनाभित्रै निर्माण सम्पन्न गरि सक्न पनि सरकारलाई पुन निर्देशन दिएको छ ।

बैठकमा बोल्दै काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाईकाजी तिवारीले मुआब्जा वितरणका लागि बजेट अभाव हुँदा त्रिपुरेश्वर–कलंकी–नाकढुंगा सडक खण्ड विस्तारको काम अघि बढन नसकेको स्पष्ट पार्नु भयो । उहाँले सडक विस्तार गर्ने भनिएपनि सो अनुसार स्रोत र साधनको अभाव रहेको उल्लेख गर्नुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने काठमाडौं उपत्यकाभित्रको सडक विस्तारको काम आफनो कार्यक्षेत्र भित्र नपर्ने बताउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Ukraine’s Top Official Linked to Expanding Corruption Investigation

Ukrainian Soldiers Defect To Fight With Russian Forces

Jannik Sinner Withdraws From US Open Due to Knee Injury

Ukraine Sanctions Popular Russian Cartoon ‘Masha and the Bear’

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu