ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीस प्रतिशत नगरवासी अझ पनि खुल्ला ठाउँमा शौच गर्दै


एबीसी न्यूज
६ कार्तिक २०७६, बुधबार   ११ : ४६   बजे


वीरगञ्ज, ६ कात्तिक । प्रदेश नं २ को एकमात्र वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेको सबै घरमा शौचालय भए पनि ३० प्रतिशत महानगरवासी अझ पनि खुल्ला चौरमा दिसापिसाब गर्दै आइरहेका छन् ।

३२ वडा रहेको नगर क्षेत्रभित्र वडा नं २०, १७, १९, १८, २७, २६ र २९ वडाका बासिन्दाको घरमा चर्पी भए पनि जनचेतनाको अभावको कारण खुला चौरमै दिसापिसाब गर्न रुचाउने गरेको वीरगञ्ज महानगरपालिकाअन्तर्गत रहेको वातावरण तथा हरियाली प्रवद्र्धन शाखाका प्रमुख सुनिलकुमार कर्णले बताउनुभयो ।

ती वडाका बासिन्दा आर्थिकरुपमा सम्पन्न भए पनि प्रत्येक घरमा शौचालय हुँदाहँुदै जनचेतनाको अभावको कारण बाहिरनै दिसापिसाब गर्ने गरेकाले महानगरपालिकाले त्यस्ता घरधनीलाई कारवाहीको दायरामा ल्याउने सोच बनाएको छ ।

महानगरपालिकाले ३२ वटै वडामा चर्पी त बनायो तर त्यहाँका मानिसको बानीमा परिवर्तन नहुँदा बाटो घाटो तथा खुला चौरमा दिसापिसाब गर्ने गरेको भनाइ प्रमुख कर्णको छ । शौचालय नबनाई खुला चौरमा दिसापिसाब गर्नेलाई कस्तो कारवाही गरिने भन्ने जिज्ञासामा नगरप्रमुख विजयकुमार सरावगीले त्यस्ता घरधनीलाई कारवाहीको दायरामा ल्याउने प्रयास भइरहेको बताउनुभयो ।

३२ वडामध्ये ३० वटा वडामा सार्वजनिक शौचालय रहे पनि महानगरपालिकाले यात्रुको सुविधालाई ध्यानमा २५ सेट घुमटी शौचालय सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । २०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान शुरु भएको हो । वीरगञ्ज महानगरपालिकाले यो अभियानअन्तर्गत शून्य अनुदानमा घरघरमा चर्पी बनाउने कामलाई कार्यान्वयनमा ल्याएपछि घरघरमा चर्पी निर्माण गरिएको हो । प्रदेश नं २ मा नौ लाख ३३ हजार ६४९ घरधुरीमा शौचालय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group