ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने


admin
६ कार्तिक २०७६, बुधबार   १२ : ४४   बजे

काठमाडौं, ६ कात्तिक ।अन्तरराष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सीज नारा को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा अन्तरराष्ट्रियस्तरको सो प्रतियोगिता हुनलागेको हो ।

नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज नारा ले सन् २००२ देखि विश्वका विभिन्न देशका प्रतियोगी सहभागी गराइ वार्षिकरूपमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गर्दै आइरहेका ‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ कार्यक्रम यस वर्ष सिन्धुपाल्चोक जिल्लास्थित भोटेकोशी नदीमा हुनलागेको नाराका सहकोषाध्यक्ष नारायण श्रेष्ठले बताउनुभयो ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन लिएको उद्देश्यअनुरुप पर्यटक नेपाल भित्र्याउन नेपालको साहसिक जलयात्रा व्यवसायलाई विश्व बजारमा प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्नेमा नाराको जोड छ । विश्वभरिबाट साहसिक जलयात्राका लागि बढीभन्दा बढी पर्यटक भित्र्याएर नेपाल भ्रमण वर्षमा सहभागी गराउने प्रमुख उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । नाराका अनुसार यातायातको सहजता, भौगोलिक निकटता, खोलाको अवस्था तथा विभिन्न प्राविधिक कारणले यस वर्ष भोटेकोशीमा यस्तो प्रतियोगिता गर्न लागिएको हो ।

नेपाल एशोसिएसन अफ ¥यफ्टिङ एजेन्सिज ९नारा०को आयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहकार्यमा सञ्चालन हुनलागेको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ मा कायाक एक्सट्रम स्लालम, डाउनरिभर रेस, कर्पोरेट ¥याफ्टिङ रेस र बोटर क्रस गरी चार विधामा कार्यक्रम सञ्चालन गरिनेछ । सो कार्यक्रममा ३० भन्दा बढी देशका ४०० खेलाडी गाइड तथा साहसिक पर्यटनका पारखीलाई सहभागी गराउने लक्ष्य रहेको श्रेष्ठले जानकारी दिनुभयो ।उत्कृष्ट खेलाडीलाई पुरस्कारको पनि व्यवस्था छ । उत्कृष्ट खेलाडीलाई कम्तीमा एक हजार डलर पुरस्कार दिइने भनिए पनि सहभागी सङ्ख्याका आधारमा पुरस्कार राशि बढ्नसक्ने बताइएको छ । प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्त्याउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu