ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अचानक रोकियो विद्युतीय बस किन्ने प्रक्रिया, किन? यस्तो छ कारण (भिडियोसहित)


admin
६ कार्तिक २०७६, बुधबार   १ : ३१   बजे

काठमाडौं, ६ कात्तिक । साझा यातायातले ल्याउने भनिएको विद्युतीय बस खरिदको प्रक्रिया रोकिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायातलाई पत्र लेख्दै विद्युतीय बस खरिदको प्रक्रिया अघि नबढाउन निर्देशन दिएपछि बिद्युतिय बस चलाउने साझाको योजनामा ब्रेक लागेको हो । ३ सय बिद्युतिय बस ल्याउन ३ अर्व बजेट जुटाइए पनि खरिद प्रक्रिया अन्तिम चरणमा आएर रोकिएको हो ।

सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदको लागि प्रक्रिया रोक्न निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायतलाई पत्र लेख्दै विद्युतीय बस खरिदको प्रक्रिया अघि नबढाउन निर्देशन बिद्युत बस नेपाल ल्याउने प्रक्रियामा बे्रक लागेको हो । एक वर्षअघि वातावरण मैत्रीहुने र इन्धनको समेत बचत हुने भन्दै ३ सय वटा विद्युतीय बस किन्ने सरकारले निर्णय गरेको थियो । बस किन्नको लागि समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ अर्ब रुपैया साझा यातायातलाई दिएको थियो तर, प्रक्रिया अघि बढेपनि यातायात मन्त्रालयलाई विद्युतीय बसको स्पेसिफिकेसन र प्रगती बिवरणमा चित्त नबुझेपछि खरिद प्रक्रिया नै रोकिएको बताइएको छ ।

स्पेसिफिकेसनको टुंगो लागेपछि बिद्युतिय बस खरिदको लगि टेन्डर प्रक्रियाको अन्तिम चरणमै थियो । खरिद प्रक्रियामा आउने समस्याको टुंगो लगाउन समिति पनि बनाइएको थियो । जसमा भौतिक पूर्वाधार मन्त्रालय, काठमाडौं महानगरपालिका र साझा यातायतकै प्रतिनिधी थिए । समितीमा केही बिवाद नहु“दानहु“दै पनि यातायात मन्त्रायले अचानक खरिद प्रक्रिया नबढाउन निर्देशन दिएपछि साझा यातायात अन्योलमा परेको छ ।

स्पेसिफिकेसन तयार भएपछि टेण्डर प्रक्रिया सुरु गर्ने बेलामा सबै प्रक्रिया रोकिनुले बिभिन्न आशंका पैदा भएका छन् । यसरी नेपालमा बिद्युतिय बसको आवश्यकता बढिरहेको अवस्थामा बस किन्नबाट रोक्नुले कतै कमिसनको चलखेल त भएको होइन भन्ने आशंका पनि उब्जिएको छ । त्यसैले देखिएका प्रबिधीक समस्यालाई समाधान गरी बस खरिदको प्रक्रिया तिब्र गतिमा अगाडी बढाउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu