ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघ, प्रदेश र स्थानीय तहको रिक्त स्थानमा उपनिर्वाचन गर्ने निर्वाचन तालिका सार्वजनिक(भिडियोसहित)


एबीसी न्यूज
७ कार्तिक २०७६, बिहिबार   ११ : ४४   बजे

काठमाडौं, ७  कात्तिक । निर्वाचन आयोगले मंसिर १४ गते संघ, प्रदेश र स्थानीय तहको रिक्त स्थानमा उपनिर्वाचन गर्ने निर्वाचन तालिका सार्वजनिक गरेको छ । आयोगले निर्वाचनको तयारीका लागि आवश्यकिय कामलाई तिव्रता दिएको छ । सत्तापक्ष, प्रतिपक्षका राजनीतिक दलहरु आफुले सफलता हासिल गर्ने दाबी सहित निर्वाचनको तयारीमा होमिएका छन् ।

निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगले २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको चुनाव गरेको थियो । निर्वाचनपछि विविध कारणले प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य ३, स्थानीय तह तर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष समेत ४८ गरी जम्मा ५२ पदहरु हालसम्म रिक्त अवस्थामा रहेका छन् ।

ति सबै ठाउँमा मंसिर १४ गते निर्वाचन हुने भएको हो । यसका निम्ति निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ भने तयारी तिव्र रुपमा अगाडी बढाएको छ । प्रतिनिधी सभातर्फ कास्की क्षेत्र नं. २, प्रदेश सभातर्फ भक्तपुर १ को (क), बाग्लुङ २ को ( ख), दाङ ३ ( ख) मा हुने निर्वाचनको निम्ति कार्तिक २१ गते उम्मेदबारले मनोनयनपत्र दर्ता गर्नुपर्ने गरी निर्वाचन आयोगले निर्वाचन कार्यतालिका प्रकाशित गरिसकेको छ ।

त्यसैगरी, स्थानीय तह तर्फ भने सुनसरी जिल्लाको धरान उपमहानगरपालिका प्रमुख, पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका, संखुवासभा जिल्लाको मकालु गाउँपालिका र महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष र विभिन्न अन्य ३४ वटा जिल्लाका ४० वटा स्थानीय तहका विभिन्न वडा अध्यक्ष ४३ गरी ४८ वटा रिक्त पदका लागि कार्तिक २७ गते उम्मेदबारले मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको छ । निर्वाचन आयोगले निर्वाचनको तयारीका लागि काम अघि बढाईरहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आफुले चुनेको जनप्रतिनिधी नहुँदा विकास निर्माणका कामले गती नलिएकोले छिट्टै निर्वाचन गर्नुपर्ने स्थानीय तहका सर्वसाधारणले गुनासो गर्दै आएका छन् । सरकारको पनि मुख्य कार्यसूचीमै रहेको उपनिर्वाचन गराउने कामले ढिलै भएपनि गति लिन लागेको छ । आयोगले उपनिर्वाचनको तयारी थालेपछि राजनीतिक दलहरु पनि निर्वाचनको तयारीमा जुट्न थालेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले आफ्नो प्रतिनिधीकै ठाउँ खाली रहेकोले आगामी निर्वाचनबाट पनि नेकपाकै प्रतिनिधि आउने दाबी गरिरहेको छ र निर्वाचनको तयारीमा जुटेको छ ।

नेकपा यता, प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलहरुपनि निर्वाचनमा आफुले जित्ने दाबी सहित निर्वाचन अभियानमा जुटेका छन् । केन्द्रदेखि स्थानीय तहसम्मको नेकपाको नेतृत्वबाट जनअपेक्षा पुरा हुन नसकेकोले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई जनताले मत दिएर जिताउने जिकिर कांग्रेसको छ ।

आफ्नो क्षेत्रको जनप्रतिनिधि नहुँदा विकास निर्माणको काममा स्वभाविक रुपमा सुस्तता आएको छ । विकास निर्माणका काममा गति दिन सर्वसाधारणको आग्रहलाई ध्यानमा राख्दै सरकारले उपनिर्वाचन गराउन लाग्नु सकारात्मक छ । निर्वाचनलाई सभ्य बनाउन सत्तापक्ष, प्रतिपक्ष सबैको उत्तिकै जिम्मेवारी हुन्छ । निर्वाचनलाई सभ्य र शान्तिपूर्ण बनाउन सम्बन्धित सबैले ध्यान पुराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चेम्बर अफ कमर्सद्वारा बाढीपीडितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

एनभीएलको उद्घाटन दिनको टिकट बिक्रीबाट आएको रकम दैवी प्रकोप उद्धार कोषमा

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu