ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रगतिशील देउसीमा सुरुङ, रेल र जलमार्गका गीत !


admin
९ कार्तिक २०७६, शनिबार   २ : १८   बजे

“सुरुङमार्ग, रेलमार्ग बन्ने जलमार्ग
कुरा सुन्दा पनि आज खुशी लागिराछ
समृद्धिको सपनाको साकार रूप चाहियो
नेपालीको मुहारमा खुशी सुख चाहियो ।”

उज्ज्यालो र सद्भावको चाड दीपावली मा समाज रुपान्तरणमा सघाउने गीत–सङ्गीत र रचनासहित समाजका अन्य वर्गझैँ स्रष्टाहरु पनि आपसमा देउसीभैलोको रमाइलोमा कस्सिएका छन् । मुलुकले लिएको समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा हुनुपर्ने चाहनालाई तिहारको देउसी–भैलोका क्रममा साहित्यकार र कलाकारबाट साहित्यिकरूपमै अभिव्यक्त भएको छ । तिहारकै अवसरमा सिस्नुपानी नेपालले हरेक वर्ष व्यङ्ग्यात्मक एवं चेतनामूलक देउसीभैलोको आयोजना गर्दै आएको छ । जनसांस्कृतिक महासङ्घ नेपालले पनि सामूहिक देउसीभैलो र नाचगानको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा भएको देख्न चाहने स्रष्टाहरुले रचनामार्फत समृद्धिको समनाको साकार रुपको माग गरेका हुन् ।

सामन्तवाद र साम्राज्यवादविरोधी वामपन्थी लेखकको मोर्चाका रूपमा विसं २००९ देखि कार्यरत प्रगतिशील लेखक सङ्घ ९प्रलेस० तिहारको देउसीभैलो परम्परालाई सांस्कृतिक रुपान्तरणसहित समाजिक उन्नयनको ध्येय लिएर काठमाडौँका विभिन्न साहित्यकार र साहित्यप्रेमीको निवासमा पुगेको छ । वामपन्थी लेखकहरुले धर्मका आधारमा जोडिएका चाडहरुलाई पुरानै शैलीमा मनाउन नहुने र ‘बलि राजाले पठाएको’ भन्ने सन्देशको देउसीभैलो कार्यक्रम आयोजना गर्न नहुने तर्क पनि सुनिने गरेका छन् तर प्रलेसले कुनै राजा महाराजाले पठाएको भन्ने अर्थमा नभई सामाजिक रुपान्तरणका लागि आफैँले आफूलाई पठाएको सन्देशसहित देउसीभैलो कार्यक्रम गर्दै आएको छ ।

प्रलेसको देउसीभैलो सामग्रीमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, महानन्द सापकोटा आदि अग्रज स्रष्टाका कतिपय छानिएका रचनांश पनि प्रस्तुत गरिएका छन् । महाकवि देवकोटाको

“गरीब भन्छौँ सुखको मझैँ धनी
मिल्दैन संसारभरि कतै पनि
विलासको लालस दास छैन म
मीठो छ मेरो रसिलो परिश्रम” लाई छन्दकवि रमेश शुभेच्छुलगायत टोलीले सस्वर सुनाएको थियो भने यो अर्को कवितांशले पनि मुलुक निर्माणका कठिन कामहरु पनि दत्तचित्त भएर लागेमा सम्भव हुने सन्देश दिएको छ ः

“फोर्दै जाऊ गिरी र पहरा झार साना गिटीमा
कुँद्दै जाऊ अलिअलि गरी शेष हून् शालिग्राम
गाल्दै जाऊ खनिज गतिला धातु छानेर गाल
खोस्री खोस्री जमीन तह यो विश्वको सिर्ज टार ।”

प्रलेसका अध्यक्ष डा जीवेन्द्रदेव गिरी, पूर्वमन्त्री शान्ता मानवी, उपाध्यक्ष सुशीला प्रधानाङ्ग, उपमहासचिव आरसी न्यौपाने सम्मिलित टोलीले शनिबार बिहानै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको गैरीधारास्थित निवासबाट साहित्यिक देउसीभैलोको थालनी गरेको थियो । कुलपति उप्रेतीले संस्कृतिलाई समयसापेक्ष रुपान्तरणसहित प्रलेसले साहित्यिक देउसीभैलो आरम्भ गरेकामा खुशी व्यक्त गर्दै भन्नुभयो, “संस्कृतिभित्र रहेका रुढी परम्परालाई हटाउँदै नयाँ सन्दर्भमा समाज र संस्कृतिका हरेक चिजलाई प्रगतिशील रुपन्तरण र वैज्ञानिक बनाउँदै जाने क्रममा प्रलेसको प्रयास सामयिक देखिन्छ ।”

प्रलेका अध्यक्ष डा गिरीले साहित्यिक भेटघाट, सांस्कृतिक रुपान्तरणको जागरण र संस्थाको काम सञ्चालनका लागि अर्थोपार्जनको उद्देश्य लिएर अभियानकै रुपमा देउसीभैलो कार्यक्रम गरिएको जानकारी दिनुभयो । प्रलेस टोलीको आशिष पनि काव्यात्मक नै रहेको छ ः

“उचो तेजी माथा चरण चरणै झुक्नु नपरोस्
खुला सङ्लो भैयोस् डर धक लिई लुक्नु नपरोस्
कुनै पीडा चिन्ता मनमन लिई दुख्नु नपरोस्
गरी बर्खे हल्ला शरद नपुगी सुक्नु नपरोस् ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu