ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल भ्रमण वर्षलाई सहयोग गर्ने जापानी प्रतिबद्धता


एबीसी न्यूज
९ कार्तिक २०७६, शनिबार   ४ : ३५   बजे


काठमाडौं, ९ कात्तिक । सन्निकट नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल पार्न जापानले सहयोग गर्ने भएको छ । अबको दुई महीनापछि शुरु हुने भ्रमण वर्षका दौरानमा बढीभन्दा बढी जापानी नागरिकलाई नेपाल भ्रमणमा अभिप्रेरित गर्ने जापान सरकारको प्रतिबद्धता रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न भएको जापान भ्रमणका क्रममा जापान सरकारले नेपाल भ्रमण वर्ष सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । भ्रमणका दौरानमा राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भएको भेटवार्तामा नेपालको आर्थिक विकासमा जापानी सहयोग अभिवृद्धिका साथै भ्रमण वर्षलाई सहयोग गर्ने त्यहाँका प्रधानमन्त्रीले बताउनुभएको थियो ।

राष्ट्रपति भण्डारीले यही कात्तिक ३ गते जापानी सम्राट नारुहितोको शुभराज्याभिषेक समारोहमा सहभागी हुन म्यान्मार हुँदै जापान पुग्नुभएको थियो । राष्ट्रपति भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गत असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको पूर्वाधार विकासमा जापानी लगानी तथा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न जापानी सहयोगका लागि आग्रह गर्नुभएको थियो । जापानी प्रधानमन्त्री आबेले नेपालको दिगो विकासमा जापानको सहयोग निरन्तर रहने आश्वासन दिँदै दुई मुलुकबीच व्यापार घाटा कम गर्ने विषयमा छलफल गरी अगाडि बढ्ने बताउनुभयो थियो । उहाँहरूबीच नेपाल तथा जापानबीच उच्चस्तरमा भ्रमण आदानप्रदानका साथै काठमाडौँ–ओशाकाबीच नेपाल वायुसेवा निगमको सिधा उडान भएझै जापानका अन्य नगरमा पनि यस्तै सेवा विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।

नेपाल र जापानबीच सिधा हवाई सम्पर्क विस्तार भएकाले पनि जापानबाट उल्लेख्य सङ्ख्यामा पर्यटन नेपाल आउने अपेक्षा गरिएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को वाइड बडी जहाज ए–३३० ले गत भदौ १२ गतेदेखि जापानको ओशाकास्थित ओसाका कन्साई इन्टरनेशनल एयरपोर्टमा व्यावसायिक उडान शुरु गरेको थियो । निगमले साताको दुई दिन मङ्गलबार र शनिबार नियमित उडान गर्दै आइरहेको छ । पछिल्लो समय ओसाका–काठमाडौँ उडानमा सन्तोषजनक व्यापार भइरहेको निगमले उल्लेख गरेको छ ।

जापानको औपचारिक भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार भएको बताउनुभएको थियो । राष्ट्रपतिको सम्मानमा जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालीलाई दुःख पर्दा असल र भरपर्दो मित्रका रुपमा जापानले सघाएको स्मरण गर्दै गोरखा भूकम्पमा उद्धार, राहत र पुनःस्थापनामा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले नेपाल र जापाबीचको लामो दौत्य तथा सांस्कृतिक सम्बन्ध रहिआएको र सन् २०२० मा धेरैभन्दा धेरै जापानी नागरिकले नेपाल भ्रमण गर्ने तथा काठमाडौँ–नारिता सिधा उडान चाँडै हुने विश्वास व्यक्त गर्नुभएको थियो । निगमले नेपालीको बसोबास बाक्लो भएको जापानको राजधानी टोकियो नजिकको टोकियो नारिता इन्टरनेशनल एयरपोर्टमा तिहारपछि सिधा उडान गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक तयारी भइरहेको निगमले जनाएको छ । जापानबाट वार्षिक ४० हजार पर्यटक नेपाल भित्र्याउने निगमको लक्ष्य रहेको छ ।

राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापान सरकार तथा जनताको सहयोग रहने अपेक्षा गर्नुभएको थियो । जवाफमा जापानका प्रधानमन्त्रीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आवश्यक पर्ने सहयोग गर्ने आवश्यक प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीको जापान भ्रमणकै सन्दर्भमा त्यहाँको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका महाचिव तोसिहिरो निकाइले पनि नेपाल भ्रमण वर्षमा ६० हजार जापानीलाई नेपालमा भ्रमण गराउने लक्ष्य लिइएको अवगत गराउनुभएको थियो ।

सन् १९५६ देखि नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात आपसी सम्बन्धका विविध पक्षमा विस्तार हुँदै गएको छ । दुई देशबीचको परम्परागत सांस्कृतिक र कूटनीतिक सम्बन्ध मात्र नभई जापान नेपालको असल विकास साझेदार मुलुक पनि हो ।

मुलुकको आर्थिक समृद्धिका लागि महत्वपूर्ण आधारको रुपमा लिइएको पर्यटन क्षेत्रको विकासका लागि एसियाकै विकसित मुलुक जापानको अहम भूमिका हुने देखिन्छ । जापानबाट पछिल्लो समय पर्यटक आगमनमा बढोत्तरी भइरहेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटक नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१४ मा २५ हजार ८२९ र सन् २०१६ २२ हजार ९७९ जापानी पर्यटकले नेपाल भ्रम्ण गरेका थिए । भूकम्प र नाकाबन्दीकाबीच पनि सन् २०१५ मा १४ हजार ४६५ जापानी नागरिकले नेपाल भ्रमण गरेका थिए ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्ष अभियानको संघारमा नेपाल र जापानबीचको उच्चस्तरीय भ्रमण तथा निगमले जापान सिधा उडानले नेपालमा जापानी पर्यटकको बढोत्तरी हुने अपेक्षा गरिएको छ । जापानमा करीब ११ करोड जनसख्या छ । टोकियो, ओशाका, योकोहामालगायत मुख्य शहर हुन् । जापानमा ९० हजारभन्दा बढी नेपालीको बसोवास रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group