ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बम विस्फोटमा घाइते भएकालाई जिउँदै जलाएको अनुसन्धान टुंग्याइँदै, इँटाभट्टाको खरानी पनि परीक्षण


एबीसी न्यूज
१० कार्तिक २०७६, आइतबार   ११ : ३१   बजे

रौतहट, १० कात्तिक  । १२ वर्षअघिको बम विस्फोटमा घाइते भएकालाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका आलममाथि अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले शुक्रबार तेस्रो पटक प्रहरीलाई थप ८ दिन म्याद दिएको छ ।  बम विस्फोटका घाइते, प्रत्यक्षदर्शी, विस्फोटबाट क्षति पुगेको गोठ मर्मत गर्ने कामदार लगायत सम्पर्कमा आएका व्यक्तिसँग बयान लिएर प्रहरीले कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलममाथिको अनुसन्धानलाई अन्तिम रूप दिने तयारी गरेको छ । घटनासित जोडिएका धेरै पात्र फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीले तिहारपछि सरकारी वकिलको कार्यालयमार्फत मुद्दा अदालतमा पेस गर्ने भएको छ । १२ वर्षअघि बम विस्फोटका मृतक तथा घाइतेलाई जलाएको भनिएको इँटाभट्टाको चिनोबानो छैन। त्यो स्थान खेतमा परिणत भइसकेको छ। विस्फोट भएको घरमा कोही बस्दैनन्। जहाँबाट इँटाभट्टाको दूरी करिब ५ सय मिटर छ।

विस्फोटमा परी घाइते भएकालाई इँटाभट्टामा जलाइएको आरोप आलममाथि छ । बम विस्फोट नै नभएको भनी आलमले दिएको बयान झूटो भएको प्रहरीको ठम्याइ छ । झूटो बोले–नबोलेको पत्ता लगाउन प्रहरीले पोलिग्राफ परीक्षण गराउन खोज्दा आलमले मानेका छैनन् ।

तत्कालीन जिल्ला प्रहरी प्रमुख लक्ष्मण न्यौपानेकै सहयोगमा आलमले धेरै प्रमाण नष्ट गरेको पाइएको छ । एसपी न्यौपाने कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनमा मारिइसकेका छन् । घटना लुकाउन सहयोग गरेको भनिएका सशस्त्र प्रहरीका तत्कालीन एसपी रामकृष्ण लामा जागिरबाट निवृत्त छन् । तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीसमेत निवृत्तछन् । उनीहरू पनि सोधपुछको दायरामा पर्न सक्ने प्रहरी स्रोतले जनाएको छ ।

घटनाका बेला राजपुरमा खटिएका तत्कालीन प्रहरी निरीक्षक इन्द्र सुवेदी र घटनापछि अनुसन्धान अधिकृत तोकिएका डीएसपी राजीव बस्नेतलाई सोधपुछका लागि जिल्ला प्रहरीले बोलाइसकेको छ । सुवेदी हाल पोखरा गणमा डीएसपी छन् । उनलाई घटनास्थल पुग्नै लाग्दा एसपी न्यौपानेले सञ्चारसेट मार्फत तत्कालै जिल्ला बोलाएको स्रोतले जनाएको छ ।

प्रहरीले मृतकको कपडा र खरानी पनि जाँचका लागि पठाएको छ । घटनामा मारिएको भनी दाबी गरिरहेका दुवै परिवारबाट बाँकी रहेको कपडा संकलन गरी जाँचका लागि पठाइएको हो । घाइतेलाई जलाइएको भनिएको इँटाभट्टाको खरानी पनि परीक्षणका लागि पठाइएको छ । यसअघि तत्कालीन एसपी न्यौपानेले आलमलाई जोगाउन अर्कै इँटाभट्टाको माटो परीक्षणका लागि काठमाडौं पठाइएका थिए । घाइतेलाई जलाइएको इँटाभट्टालाई मासेर खेत बनाइएको छ ।

प्रहरीले घटनासित जोडिएका धेरै पात्रसित लिइएको बयानबाट घटना भएको पुष्टि हुने दाबी गरेको छ । विस्फोटबाट क्षति पुगेको गोठलाई रातारात दुरुस्त पार्न खटेका मजदुरले समेत प्रहरीसमक्ष साबिती बयान दिएका छन् । स्रोतका अनुसार उनीहरूले आफूले घरको मर्मत गरेको, अन्यत्रबाट माकुराको जालो ल्याएर पुरानो देखाउने प्रयास गरेको र उक्त घरमा भुस ल्याएर हाल्ने काम गरेको बयान दिएका छन् ।

प्रहरीले घाइतेलाई जिउँदै जलाउँदा चिम्नीभट्टामा खटिएका कामदारको प्रहरीले खोजी गरिरहेको छ । त्यस बेलाका मजदुरहरू धेरैजसो भारतीय रहेको प्रहरीले सुराकी पाएको छ । अहिले पनि सञ्चारकर्मीलाई आलमका मानिसले घटना भएको गोठको तस्बिर खिच्न दिएका छैनन् । सांसद आलम कर्तव्यज्यान मुद्दामा गएको असोज २६ गते पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group