ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुकुरहरुलाई अपराध अनुसन्धानको कार्यमा यसरी परिचालन गरिन्छ (भिडियोसहित)


एबीसी न्यूज
११ कार्तिक २०७६, सोमबार   १ : ३१   बजे

काठमाडौं, ११ कात्तिक । हिन्दु परम्परा अनुसार कात्र्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहानको रुपमा कुकुरको पुजा गर्ने गरिन्छ । मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहि आएको हो । यसै अवसरमा नेपाल प्रहरीले महाराजगन्जस्थित केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलमा विशेष कार्यक्रम आयोजना गरी कुकुर पूजा गरेको छ ।

नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरहरुको कुकुर तिहारको अवसर पारेर पूजा गरेको छ । केन्द्रिय प्रहरी तालिम स्कुलबाट तालिम प्राप्त कुकुरहरुलाई अपराध अनुसन्धानको कार्यमा परिचालन गर्ने गरिन्छ । कुकुर आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावर हुनुकासाथै अपराध अनुसन्धानमा भरपर्दो मानिन्छ । नेपाल प्रहरीले अपराध अनुसन्धान, लागू औषधको तलास र अन्य सुरक्षामा नेपाल प्रहरीले कुकुरलाई तालिम दिई प्रयोग गर्दै आएको छ ।

विश्वका विभिन्न देशमा प्रहरीले कुकुरको सहयोगमा विभिन्न खालका अपराधमा संलग्नहरु पत्ता लगाउन धेरै पहिलादेखि प्रयोग गरे पनि नेपालमा भने २०२६ सालबाट तालिम प्राप्त कुकुरलाई प्रयोगमा ल्याईएको हो । कुकुर जन्मेको ५–६ महिना देखि आधारभुत तालिम दिने गरिन्छ र आधारभुत तालिमपछि कुन–कुकुरको क्षमता कति भनेर मुल्याङन गरि फरक–फरक तालिम दिइने गरिन्छ । संसारमा पाइने १ सय ८९ प्रजातिका कुकुरमध्ये आठ प्रजातिलाई मात्रै नेपाल प्रहरीले अपराध अनुसन्धानमा प्रयोग गरिहेको छ ।

नेपाल प्रहरीसंग जर्मन सेफर्ड, ल्याब्रोडर, ककर स्प्यानियल, गोल्डेन रिट्रिभर, बिगल, बेल्जियम मेनोलोइज, ब्लड हाण्ड र डच सेफर्ड गरी आठ प्रजातिका ८५ वटा कुकुरलाई प्रहरीले अनुसन्धान तालिम दिएर प्रयोग गर्ने गरेको छ । नेपाल प्रहरीले आफनो सहयोगी साथीको रुपमा अनुसन्धानका लागि कुकुरको प्रायोग गर्दे आएको छ ।

जसबाट कहिलेकाही यस्ता घटना घट्छन, प्रहरीले पत्ता लगाउन मुस्किल पपरिरहेको अवस्थामा कुकुरले पत्ता लगाइदिएको छ । जसको कारण समेत प्रहरीमा कुकुरलाई बिषेश तालिम दिने गरिन्छ । विश्वभरका प्रहरीले अपराध अनुसन्धानमा कुकुरलाई प्रमुखताका साथ प्रयोग गर्ने गरेको पाइन्छ । कुकुरमा भएको अद्भुत क्षमताका कारण अपराधको जड पत्ता लगाउन तालिम प्राप्त कुकुरको प्रयोग गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu