ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालीहरुको महान पर्व तिहार शुरु भएसँगै गाउँघर, शहरबजारमा चहलपहल बढ्यो (भिडियोसहित)


एबीसी न्यूज
११ कार्तिक २०७६, सोमबार   २ : २७   बजे

काठमाडौं, ११ कात्तिक । नेपालीहरुको महान पर्व तिहार शुरु भएसँगै गाउँघर, शहरबजारमा चहलपहल झिलिमिली रंगीबिरंगी निकै बढेको छ । फूलमालाको किनमेलदेखि विभिन्न परिकारजन्य वस्तको किनमेलमा सर्वसाधारण व्यस्त देखिन्छन् । देउसी भैलो लगायतको पुरानो संस्कृतिको रक्षा गर्दै आ–आफ्नो गच्छे अनुसार उत्साह र उमंगका साथ तिहार मनाइदै छ ।

वर्षदिनमा एकपटक आउने यस तिहार पर्वमा दिदीबहिनीले आफ्नो दाजुभाइलाई सप्तरंगी टिका र माला लगाईदिएर मनाउने गरिन्छ । त्यसैगरी काग, कुकुरको पूजा गर्नुका साथै लक्ष्मी पुजा र गोबर्धन पूजा समेत गरिन्छ । धनको देवी लक्ष्मीलाई घरमा भित्र्याउँदै भव्यताका साथ घरघरमा दीपावली गरेर मनाइदैछ । परम्परा अनुरुप देउसी भैलो खेलेर रमाइलो गर्ने खुशी साटासाट गरिन्छ । गाउँघर तथा शहरमा छुट्टै खाले चहलपहल ह्रवात्तै बढेको छ । बजारमा सयपत्री, मखमलीको फूल विक्रि तथा किनमेल गर्नेदेखि लिएर विभिन्न आवश्यकीय वस्तुहरुको किनमेलको भीड छ । खुशी, उत्साह र उमंगको साथ चाड मनाइरहेको सर्वसाधारण बताउँछन् ।

यतिबेला शहर रंगिन बनेको छ । सप्तरंगी रंगहरुको व्यापार छ । फूलका मालाहरु किनमेल भइरहेका छन् । घरघरमा फूलका मालाले सजिसजाउ गरिएका छन् । लक्ष्मी भित्राइएको छ । देउसी भैलो खेल्ने कार्यक्रमहरुपनि शुरु भएका छन् । पछिल्ला वर्षहरुमा तिहार अलि भड्किलो हुन थालेको सर्वसाधारणलाई नै अनुभुत हुन थालेको छ । दिदीबहिनी तथा दाजुभाइको माया प्रेमलाई जोड्ने यस पर्वले मान्छे र अन्य प्राणीसँगको सम्बन्धको बहुआयामिकतालाई पनि बोकेको छ । समयक्रम अनुसार चाडपर्व मनाउने शैली पनि फेरिदै गइरहेको छ ।

पुर्खाले मादल, मुरली लगायतका विशुद्ध नेपाली बाजाहरुको प्रयोग गरेर देउसी भैलो खेल्ने गरेका थिए । देउसी भैलोमा आम नेपालीहरुको दुख, पिडाका गितहरु गाइन्थे । नाचिन्थ्यो आफ्नै लोकलयमा । तर आजभोलि देउसीको रुप फेरिएको छ । युवापुस्ताहरु साउन्ड सिस्टममा गीत बजाएर नाच्छन् ।

देउसी भैलोमा गाउने गीत र लय युवाहरुले आफु अनुकुल बनाउन थालिसकेका छन् । यद्यपी तिहारको महत्व भने घटेको छैन । समय बदलिएपनि आफुभन्दा पछिल्लो पुस्तालाई देउसी भैलोको संस्कृति स्थानान्तरण गर्नुपर्ने र संस्कृतिको रक्षा गर्नुपर्ने आवश्यकता छ ।

सर्वसाधारण बजार तिहारमय भएको छ । कोही बेच्न आएका छन् भने कोही कीन्न आएका छन् । फूलको व्यापार बढ्दो छ । मालाको व्यापार बढ्दो छ र रंगिन बनिरहेको छ शहर बजार र दिनहरु । सबैजना तिहारलाई भव्यतासाथ मनाउने तयारीमा जुटीरहेका छन्, खुशी खुशी साथ ।

तिहारमा पटाका लगायतका बारुदजन्य बस्तुहरु पड्काउने होडबाजी नै चल्छ । धुम्रपान, मध्यपानको सेवन, जुवा तासको प्रयोग पनि उत्तिकै हुनेगर्छ । तर चाडपर्वलाई रमाइलो बनाउने होडबाजीको रुपमा अपनाउने यस्तो क्रियाकलापलाई भने सबैले रोक्नैपर्छ । परापूर्वक कालदेखि चलिआएको देउसी भैलो संस्कृतिलाई जोगाउँदै, दिदीबहिनी दाजुभाईबीचको प्रेमलाई अझ मजबुद बनाउँदै चाडपर्वका विकृती, विसंगतीरहित ै हर्षोल्लासका साथ तिहार मनाऔँ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group