ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेससँग मेरो प्रेम निरन्तर कायम छ – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
१३ कार्तिक २०७६, बुधबार   ५ : ०३   बजे

काठमाडौँ, १३ कात्तिक ।  सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेससँगको आफ्नो प्रेम निरन्तर कायम रहेको बताउनुभएको छ । पार्टीको महोत्तरी, पिपरा कार्यसमितिले उपचुनावलाई लक्षित गरी बुधबार आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।

दोस्रो संविधानसभा निर्वाचनमा सिरहाबाट उम्मेदवारी दिनुभएका प्रचण्डले चुनावी कार्यक्रममै पहिलोपटक मधेससँग ‘प्रेम’ भएको वक्तव्य सार्वजनिक गर्नुभएको थियो । पछिल्लो चुनावमा सोही भनाइ दोहोर्याउँदै मधेस दौडाहा गरेका उहाँले उपचुनावको प्रचारप्रसार क्रममा बुधबार महोत्तरीमा आज , “मधेससँग परेको लभ निरन्तर कायम रहेको प्रतिबद्धता पुनः दोहोर्याउन चाहन्छु ।” उहाँले भन्नुभयो । मधेसलाई भ्रष्टाचारमुक्त बनाउन, समृद्धिको बाटोमा डोर्याउन र संविधान संशोधनको लागि नेकपा उमेदवारलाई मतदान गर्नुपर्ने अध्यक्ष प्रचण्डले बताउनुभयो ।

“पिपरा गाउँपालिकामा हुने उपचुनावमा नेकपाका उम्मेदवारलाई जिताउनुस् अनि हेर्नुस् विकासको गति” उहाँलेभन्नुभयो । मधेसीकै मतले निर्वाचित भएपछि दोस्रोपटक प्रधानमन्त्री बन्ने मौका प्राप्त भएको उल्लेख गर्दै उहाँले मधेस भ्रष्टाचार विरुद्ध रहेको र मधेसको साथमा नेकपा रहेको जिकिर गर्दै उपेन्द्र यादवसित आफू र प्रधानमन्त्री केपी ओलीले संयुक्त रुपमा हस्ताक्षर गरी संविधान संशोधनको लागि प्रतिबद्धता जाहेर गरेको स्मरण गर्नुभयो ।

चार वर्ष देखि निर्माण भइरहे पनि अधुरै रहेको जनकपुर–जलेश्वर सडक खण्ड निर्माण कार्यमा गति बढाउन विभागीय मन्त्रीसँग उहाँले माग गनुभयो । उहाँले भन्नुभयो “अब पनि कुनै बहानामा ढिलाइ भयो भने म पार्टी अध्यक्षकै हैसियतले पनि जनतासँग आन्दोलनमा उत्रिन्छु ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group