ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्ला प्रहरी कार्यालयमा १९३ को दरबन्दी खाली


admin
१४ कार्तिक २०७६, बिहिबार   ३ : १०   बजे

बारा, १४ कात्तिक । बारा जिल्ला प्रहरी कार्यालयमा नेपाल प्रहरीका ४६ युनिट छ । एक जिल्ला प्रहरी कार्यालय, १२ इलाका प्रहरी कार्यालय, १८ प्रहरी चौकी, १३ अस्थायी प्रहरी पोष्ट र अस्थायी सुरक्षा बेस क्याम्प, प्रमुख जिल्ला अधिकारी गार्ड, जिल्ला अस्पताल सुरक्षा गार्ड, सीमा सुरक्षा चौकी र विमानस्थल सुरक्षा गरी ४६ प्रहरी युनिट छ ।

अहिले एक अस्थायी प्रहरी चौकी र दुई प्रहरी चौकी भाडाको घरमा नै सञ्चालित छ भने बाँकी रहेका ४३ वटा प्रहरी युनिट आफ्नै भवन तथा विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका भवनबाट सञ्चालित रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठोरले बताउनुभयो ।

बरियारपुर प्रहरी चौकी, कचरवा प्रहरी चौकी र डुम्बरवाना अस्थायी प्रहरी चौकी अहिले पनि भाडाकै घरमा सञ्चालित छ । जिल्लामा ८८७ जनाको दरबन्दी रहे पनि ६९४ जना मात्र कार्यरत रहेका र १९३ जनाको दरबन्दी खाली रहेको उहाँले जानकारी गराउनुभयो ।

भौतिक अभावका कारण प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय भाडाका घरमा सञ्चालल गरिएको हो । आफूहरुसँग आवश्यक बजेट नभएको र सरोकारवाला निकायले आफूहरुलाई वास्ता नगरेकैले हामी भाडाका घरमा बस्न बाध्य भएको हौँ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राठौरले बताउनुभयो । खुला सीमाना भएको र आवश्यक दरबन्दीअनुसार जनशक्ति पूर्वाधारकोे अभावका कारण नागरिकले महसुस गर्ने गरी सुरक्षा प्रदान गर्न नसकिएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group