ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपचुनावका लागि नेकपाले टुंग्यायो उम्मेदवार , बाग्लुङ–२(ख)मा राष्ट्रिय जनमोर्चालाई सघाउने


एबीसी न्यूज
१७ कार्तिक २०७६, आइतबार   ९ : ०१   बजे


काठमाडौं, १७ कात्तिक । आउँदो मंसिर १४ गते हुन लागेको उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवार चयन गरेको छ । नेकपाको आइतबार बसेको सचिवालय बैठकले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका उम्मेदवार चयन गरेको हो ।

बैठकले कास्की क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । क्षेत्रीय समितिले सर्वसम्मत रुपमा पठाए अनुसार नै भट्टराईलाई सचिवालय बैठकले उम्मेदवार अनुमोदन गरेको हो ।

यस्तै तीन वटा प्रदेश सभा सदस्यमध्ये २ वटामा नेकपाले उम्मेद्वार उठाउने र एक ठाउँमा भने राष्ट्रिय जनमोर्चालाई सघाउने निर्णय पनि आइतबारको बैठकले गरेको छ ।

दाङ–३ (ख) र भक्तपुर–१(क)मा आफ्नो उम्मेदवार उठाउने र बाग्लुङ–२(ख)मा भने राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने बैठकले निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।

भक्तपुर(१९क०मा दवीप्रसाद ढकाल र दाङ–३(ख) मा विमला वलीलाई उम्मेदवार बनाउने बैठकले निर्णय गरेको हो । प्रतिनिधिसभा तर्फ उम्मेदवार बन्नुभएकी भट्टराई स्वर्गीय रवीन्द्र अधिकारी पत्नी हुनुहुन्छ । यस्तै दाङ–३(ख) मा उम्मेद्वार बन्नुभएकी विमला वली स्वर्गीय उत्तरकुमार वली पत्नी हुनुहुन्छ ।

दुवैको निधन भएपछि रिक्त भएको ठाउँमा उहाँहरुकै पत्नीलाई नेकपाले उम्मेदवार बनाउने निर्णय गरेको हो । रवीन्द्र अधिकारी पत्नी विद्याका लागि यो राजनीतिमा पुनरागमन हो भने वलीका लागि नयाँ प्रवेश हो ।

यस्तै सचिवालय बैठकले धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu