ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश प्रमुख हटाउनु स्वाभाविक हो– सभापति पोख्रेल


admin
१८ कार्तिक २०७६, सोमबार   ३ : ०२   बजे

काठमाडौं, १८ कात्तिक । कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले प्रदेश प्रमुखलाई पदमुक्त गर्नुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ चितवनले आज भरतपुरमा गरेको सांसदसँग संवाद कार्यक्रममा बोल्दै सभापति पोख्रेलले प्रदेश प्रमुखहरु सरकारको प्रतिनिधिको रुपमा नियुक्ति भएकाले उनीहरुलाई सरकारले आफ्नो अनुकूलता वा प्रतिकूलतामा फेरबदल गर्नसक्ने स्पष्ट पार्नुभयो ।

“उहाँहरुलाई निर्वाचन अघिको सरकारले नियुक्त गरेको हो, अहिले स्पष्ट बहुमतको अर्को सरकार छ । यस्तो अवस्थामा उहाँहरु आफैँले पद छाड्नु बुद्धिमता हुन्थ्यो तर परिस्थिति त्यस्तो भएन । संविधानमा भएको व्यवस्थाअनुसार सरकारले स्वभाविक रुपमा उहाँहरुलाई पदमुक्त गरेको हो”, पोखरेलले भन्नुभयो ।

कानून कार्यान्वय, अन्तराष्ट्रिय सम्बन्धजस्ता विषयमा सरकार पूर्णरुपमा सफल भएको उल्लेख गर्दै पोखरेलले विकास निर्माणका ठूला परियोजनाहरु धमाधम अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “सुशासनका विषयमा सकारात्मक प्रयासहरु भइरहेकाले जनतासँग भएका प्रतिबद्धताहरु पूरा हुनेछन् ।”

चितवन क्षेत्र नं २ का सांसद पोखरेलले यहाँको विकास निर्माणमा भएका प्रगतिसमेत सुनाउनुभएको थियो । आफ्नो निर्वाचन क्षेत्रको केही पहाडी बस्तीमा रहेको विद्युतीकरण र सडकको समस्या छिट्टै समाधान हुने उहाँले बताउनुभयो । महासङ्घ चितवनको भौतिक संरचना निर्माणका लगि सांसद विकास कोषबाट केही रकम उपलब्ध गराउने प्रतिबद्धता सांसद पोखरेलले व्यक्त गर्नुभयो । महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले जिल्लाका सबै सांसदहरुसँग यस खालको कार्यक्रम क्रमशः गर्दै जाने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group